दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बुधबार, ०७ जेठ २०८२, १३ : १२

समाचार सारांश
- रमेश कुमार यादवलाई आकर्षक तलबको प्रलोभनमा दक्षिण कोरिया पठाउने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
- उनले ३ जना व्यक्तिहरूबाट २६ लाख ८० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
- प्रहरीले उनलाई काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-१६ पेप्सीकोला बस्ने सुनसरी इनरुवा नगरपालिका-७ घर भएका ३२ वर्षीय रमेश कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
रमेशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलबाट मौद्रिक नीति तय गर्छौँ : गभर्नर पौडेल
-
भूमि सम्बन्धी विधेयकमा कांग्रेसको अड्को, अघोषित विरोध
-
आन्दोलनको भरमा विधेयक बन्दैन : सुमना श्रेष्ठ
-
राजावादीको पत्रमा रास्वपाले जवाफ नदिने
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक, के-के गर्यो निर्णय ?
-
औषधि विभागका निरीक्षकमाथि आक्रमणप्रति नेपाल निजामती कर्मचारी युनियनको विरोध