बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रियल म्याड्रिडका युवा मिडफिल्डर बेलिङ्घमले आगामी सिजनको केही खेल गुमाउने

बुधबार, ०७ जेठ २०८२, १३ : ४६
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङ्घमले काँधको शल्यक्रियाका कारण सिजनको सुरुवाती खेल गुमाउनेछन्।
  • बेलिङ्घम सन् २०२३ को नोभेम्बरमा घाइते भएका थिए र लामो समयदेखि काँधको समस्याबाट पीडित थिए।
  • शल्यक्रियापछि बेलिङ्घमलाई पूर्ण स्वास्थ्य हुन १२ साता लाग्ने अनुमान छ र उनी रियल म्याड्रिडका लागि खेल्न उपलब्ध हुने छैनन्।

काठमाडौँ । स्पेसिन क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङ्घमले आगामी सिजनको सुरुवाती चरणका खेलहरु गुमाउने भएका छन् । क्लब विश्वकपको समाप्तिलगत्तै उनको काँधको शल्यक्रिया गरिने भएको छ । 

त्यसैले सन् २०२५–२६ सिजनको सुरुवाती चरणको खेलमा उनी अनुपस्थित रहने समाचारमा जनाइएको छ । २१ वर्षीय बेलिङ्घम लामो समयदेखि काँधको समस्याबाट पीडित रहँदै आएका छन् । सन् २०२३ को नोभेम्बरमा खेलिएको रायो भालेकानोविरुद्धको खेलका क्रममा उनी घाइते भएका थिए ।

चिकित्सकहरुले उनलाई शल्यक्रिया गराउन सुझाव दिएका थिए । तर, व्यस्त खेल तालिकाका कारण उनको काँधको शल्यक्रिया हुन सकेको थिएन । इङ्ल्यान्डको राष्ट्रिय टोलीका सदस्यसमेत रहेका बेलिङ्घम सन् २०२३ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट रियल म्याड्रिडमा आबद्ध भएका हुन् । 

शल्यक्रियापछि बेलिङ्घमलाई पूर्ण रूपमा स्वास्थ्य हुन करिब १२ साता समय लाग्ने बताइएको छ । फिफा क्लब विश्वकपको आगामी संस्करण जुन १४ देखि जुलाई १३ तारिखसम्म अमेरिकामा आयोजना हुँदैछ । 

प्रतियोगितामा ३२ क्लबको सहभागिता रहनेछ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड प्रतियोगिताको समूह ‘एच’ मा रहेको छ । त्यो समूहमा साउदी अरेबियाको अल–हिलाल, मेक्सिकोको पाचुका र अस्ट्रियाको रेड बुल साल्जबर्ग पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप