रियल म्याड्रिडका युवा मिडफिल्डर बेलिङ्घमले आगामी सिजनको केही खेल गुमाउने
सारांश
- रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङ्घमले काँधको शल्यक्रियाका कारण सिजनको सुरुवाती खेल गुमाउनेछन्।
- बेलिङ्घम सन् २०२३ को नोभेम्बरमा घाइते भएका थिए र लामो समयदेखि काँधको समस्याबाट पीडित थिए।
- शल्यक्रियापछि बेलिङ्घमलाई पूर्ण स्वास्थ्य हुन १२ साता लाग्ने अनुमान छ र उनी रियल म्याड्रिडका लागि खेल्न उपलब्ध हुने छैनन्।
काठमाडौँ । स्पेसिन क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङ्घमले आगामी सिजनको सुरुवाती चरणका खेलहरु गुमाउने भएका छन् । क्लब विश्वकपको समाप्तिलगत्तै उनको काँधको शल्यक्रिया गरिने भएको छ ।
त्यसैले सन् २०२५–२६ सिजनको सुरुवाती चरणको खेलमा उनी अनुपस्थित रहने समाचारमा जनाइएको छ । २१ वर्षीय बेलिङ्घम लामो समयदेखि काँधको समस्याबाट पीडित रहँदै आएका छन् । सन् २०२३ को नोभेम्बरमा खेलिएको रायो भालेकानोविरुद्धको खेलका क्रममा उनी घाइते भएका थिए ।
चिकित्सकहरुले उनलाई शल्यक्रिया गराउन सुझाव दिएका थिए । तर, व्यस्त खेल तालिकाका कारण उनको काँधको शल्यक्रिया हुन सकेको थिएन । इङ्ल्यान्डको राष्ट्रिय टोलीका सदस्यसमेत रहेका बेलिङ्घम सन् २०२३ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट रियल म्याड्रिडमा आबद्ध भएका हुन् ।
शल्यक्रियापछि बेलिङ्घमलाई पूर्ण रूपमा स्वास्थ्य हुन करिब १२ साता समय लाग्ने बताइएको छ । फिफा क्लब विश्वकपको आगामी संस्करण जुन १४ देखि जुलाई १३ तारिखसम्म अमेरिकामा आयोजना हुँदैछ ।
प्रतियोगितामा ३२ क्लबको सहभागिता रहनेछ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड प्रतियोगिताको समूह ‘एच’ मा रहेको छ । त्यो समूहमा साउदी अरेबियाको अल–हिलाल, मेक्सिकोको पाचुका र अस्ट्रियाको रेड बुल साल्जबर्ग पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण