धेरै मेकअप गर्दा विमानस्थलको स्क्यानरले नचिनेपछि...

समाचार सारांश
- चीनको सांघाई विमानस्थलमा एक महिलालाई धेरै मेकअपका कारण अनुहार पहिचान स्क्यानरले चिन्न नसकेपछि मेकअप हटाउन लगाइयो।
- विमानस्थलका कर्मचारीले महिलालाई पासपोर्टको फोटोसँग मिल्दोजुल्दो बनाउन मेकअप पुछ्न लगाएकी थिइन्।
- सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि यस घटनाको धेरै मजाक बनाइएको छ, तर केहीले स्क्यानरको क्षमतामाथि प्रश्न उठाएका छन्।
सांघाई । महिला र मेकअप पर्याय जस्तै हुन् । महिलाहरू आफूलाई सुन्दर देखाउन प्रायः मेकअप प्रयोग गर्छन् ।
तर, चीनमा धेरै मेकअप लगाउँदा एउटा महिलाले समस्या भोग्नुपरेको छ । चीनको विमानस्थलमा रहेको अनुहार पहिचान गर्ने स्क्यानरले मेकअपका कारण महिलालाई चिन्न नसकेपछि उनले मेकअप नै पुछ्नु परेको हो ।
गत हप्ता एयरपोर्टका अधिकारीहरूले एक महिलालाई मेकअप पुछ्न लगाएको भिडियो चिनियाँ सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो । भिडियोमा देखिएको विमानको बोर्डिङ पास अनुसार यो घटना गत सेप्टेम्बर महिनामा सांघाई विमानस्थलमा घटेको थियो । यो भिडियो ढिला गरी भाइरल बनेको हो ।
२८ सेकेन्ड लामो भिडियोमा महिलालाई गाली गर्दै भिडियो खिच्ने महिला (सम्भवतः विमानस्थलकी कर्मचारी) ले उनको दस्ताबेजमा भएको तस्बिर जस्तै बन्न मेकअप पुछ्न भनिरहेकी हुन्छिन् ।
‘पासपोर्टको फोटोमा जस्तै देखिन सबै मेकअप हटाऊ । किन यति धेरै मेकअप लगाएको ? तिमी समस्यालाई निम्त्याउँदैछौँ,’ ती महिलाले भनिरहेकी हुन्छिन् ।
यसपछि ती महिलाको अनुहारलाई स्क्यानरले पहिचान गर्यो कि गरेन भन्ने चाहिँ खुलेको छैन । तर, सामाजिक सञ्जालमा भने यस घटनाको धेरै मजाक बनाइँदैछ ।
केहीले भने महिलाप्रति सहानुभूति देखाउँदै धेरै नजिस्काउन पनि आग्रह गरेका छन् । केहीले भने स्क्यानरको क्षमतामाथि पनि प्रश्न उठाउँदै मेकअप लगाउँदैमा पहिचान नहुनु समस्या भएको जिकिर गरेका छन् ।
यसअघि पनि दक्षिण कोरियामा प्लास्टिक सर्जरी गराएर चीन फर्किँदा धेरै महिलाहरूले समस्या भोगेको समाचार सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
-
गोरखामा करेन्ट लागेर एक वृद्धको मृत्यु
-
गाउँपालिकाको नक्कली छाप र लेटरप्याड प्रयोग गरी राजस्व सङ्कलन आराेपमा दुई जना पक्राउ
-
१० बजे १० समाचार : अध्यागमनमा अख्तियारको छापादेखि रास्वापालाई राजावादीको पत्रसम्म
-
बेपत्ता परिवार भन्छन्, ‘आयोगले पीडितको विश्वास जितेर काम गरोस्’
-
कर्णालीका सबै स्थानीय तहको सेवा ठप्प पार्ने कर्मचारीको घोषणा