सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्रलाई एकल अग्रता

काठमाडौँ । सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन पूर्व नम्बर एक गल्फरशुक्र बहादुर राई शीर्षस्थानमा रहेका छन् ।
समग्रमा ६–अन्डर १ सय ३० को स्कोरमा उनले दिनेश प्रजापतिलाई १स्ट्रोकले पछि पारेका छन्। आज शुक्रले १–ओभर ६९ को स्कोर गरे।समग्रमा ५–अन्डर १ सय ३१ को स्कोरमा दिनेश प्रजापति दोस्रोस्थानमा उक्लिएका छन्। आज उनले १–अन्डर ६७ को कार्ड बनाए ।
भेट्रान प्रो रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवन कुमार रोक्कासमग्रमा ३–अन्डर १ सय ३३ को स्कोरमा तेस्रो स्थानमा छन् । रामेले१–अन्डर ६७ को स्कोर दर्ज गरे। भुवनले खराब प्रदर्शन गर्दै ४–ओभर७२ मा दोस्रो दिनको खेल सकाए ।
समग्रमा १–अन्डर १ सय ३५ को स्कोरमा सञ्जय लामा, निरज तामाङर प्रदीप कुमार लामाले पाँचौं स्थान बाँडे । सञ्जयले २–अन्डर ६६ स्कोरगर्दा निरज र प्रदीपले इभन–पार ६८ को स्कोर बनाए ।
यस्तै समग्रमा १–ओभर १ सय ३७ को स्कोरमा तोरण विक्रम शाही, वसन्तराज गुरूङ र साबिक विजेता रवि खड्का संयुक्तरुपमा आठौंस्थानमा रहे। तोरणले आज १–अन्डर ६७ स्कोर गर्दा वसन्तलेइभन–पार ६८ र रविले २–ओभर ७० स्कोर गरे ।
पहिलो दिन ७–अन्डर खेलेका शुक्रले आज सो लयलाई निरन्तरता दिनसकेनन्। पहिलो होलको बर्डीका विरूद्ध नवौं होलको बोगीले फ्रन्टनाइन इभन–पार ३४ मा सकाए। यसपछि १३ औं होलमा एक सटबचाए पनि १५औं र १८औं होलमा बोगीको सामना गरे। ब्याक नाइन१–ओभर ३५ मा पुरा गरे । दिनेशले तेस्रो होलमा एक सट खेर फाले। छैटौं होलको बर्डीले फ्रन्टनाइन इभन–पार ३४ खेले। यसपछि १०औं र १३औं होलमा बर्डी प्रहारगरे। अन्तिम होलको बोगीले ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।
रामे मगरले नवौं होलको बोगीले फ्रन्ट नाइनमा १–ओभर ३५ को स्कोरगरे। १०औं र १५औं होलमा बर्डीको सफलता प्राप्त गरे। उनले ब्याकनाइनमा २–अन्डर ३२ को नतिजा निकाले ।
पहिलो दिनका लिडर भुवनले खराब प्रदर्शन गर्दा तेस्रो स्थानमा तलझरे। उनले फ्रन्ट नाइन र ब्याक नाइन दुवै २–ओभर ३६ मा पुरा गरे।उनले छैटौं नबौं, १४औं र १८औं होलमा बोगी प्रहार गरे ।
एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १–ओभर १ सय ३७ कोस्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले आज १–ओभर ६९ को स्कोरजोड्दै निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन्।निश्चयले आज १–ओभर ६९ स्कोर गर्दे समग्रमा २–ओभर १ सय ३८स्कोर बनाएका छन् ।
३६ होलको समाप्तीमा ९–ओभर १ सय ४५ सम्म स्कोर गरेका २३प्रोफेसनल र २ एमेच्योर गरी २५ गल्फरले कट बनाएका छन् ।
प्रोफेसनलतर्फ जयराम श्रेष्ठ, भुवन नगरकोटी, रामकृष्ण श्रेष्ठ, राजेन्द्रश्रेष्ठ प्रधान, रमेश अधिकारी, दीपक मगर, धन बहादुर थापा, सुनिलकेसी, टंक बहादुर कार्की, किशन कालीराज सुनार, शिवराम पौडेल, राजेन राई र सुमन परियारले कट बनाएका छन् ।
७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरीकुल ४७ खेलाडीको सहभागीता रहेको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ। विजेताले१ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमश ७०हजार र ५० हजार हात पार्नेछन् ।
साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनलगल्फरहरुले पनि नगद प्राप्त गर्नेछन्। चार दिनको मुख्य स्पर्धा पश्चातशनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ ।