नेविसंघद्वारा ‘अच्युत स्मृति अक्षयकोष’ स्थापनाका लागि रकम हस्तान्तरण
बिहीबार, ०८ जेठ २०८२, १६ : ५८
सारांश
- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दिवङ्गत पूर्व सहमहामन्त्री अच्युतराज कलौनीको स्मृतिमा अक्षयकोष स्थापना गर्न २ लाख हस्तान्तरण गरेको छ।
- नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले उक्त रकम स्वर्गीय कलौनीका बुबा जनकराज कलौनीलाई हस्तान्तरण गरेका हुन्।
- अच्युतराज कलौनीको स्मृतिमा बैजनाथ नमुना उच्च माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिनेछ।
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दिवङ्गत पूर्व सहमहामन्त्री अच्युतराज कलौनीको स्मृतिमा अक्षयकोष स्थापना गर्न दुई लाख हस्तान्तरण गरेको छ। स्वर्गीय नेता कलौनी अध्यक्ष रहेको बैजनाथ नमुना उच्च माध्यमिक विद्यालयमा उक्त अक्षयकोष स्थापना गर्न नेविसंघले दुई लाख रुपैयाँ प्रदान गरेको हो ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार उक्त रकम अच्युतका बुबा जनकराज कलौनीलाई हस्तान्तरण गरेका हुन् । नेपाली कांग्रेस कञ्चनपुर भीमदत्त नगर सभापति रहेका कलौनी गत माघ १९ गते मृत फेला परेका थिए।
कलौनीको ९ औँ पुन्यतिथिको शोक सभामा अध्यक्ष शेर्पा सहभागी भएका थिए । त्यही बेला स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए । सोहीअनुरूप नेविसंघको तर्फबाट अध्यक्ष शेर्पाले रकम हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण