मधेस प्रदेश
मधेस प्रदेश मन्त्रिपरिषद् पुनर्गठन
बिहीबार, ०८ जेठ २०८२, १९ : ०१

काठमाडाैँ । मधेस प्रदेश सरकारकाे मन्त्रिपरिषद् पुनर्गठन गरिएकाे छ । बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री त्रिभुवन साह र उद्योग, वन तथा पर्यटन मन्त्री सकिल अलीलाई फिर्ता बोलाइएको छ ।
रिक्त ठाउँमा सन्जय यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् भने वसन्त कुशवाहा उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण समेत गराइएको जनमत पार्टीका केन्द्रीय सचिव बिपी साहले राताेपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’