अमेरिकी राजदूत मुस्ताङमा
सारांश
- अमेरिकी राजदूत डिन आर थम्पसन मुस्ताङका सांस्कृतिक सम्पदाको अवलोकनका लागि आएका छन्।
- राजदूतको भ्रमणको उद्देश्य नेपाल र अमेरिकाबीचको साझेदारीलाई बलियो बनाउनु, दिगो पर्यटन र सांस्कृतिक निरन्तरतामा योगदान पुर्याउनु हो।
- राजदूत थम्पसनले जीर्णोद्वार गरिएका सम्पदा स्थलको भ्रमण गर्ने र स्थानीय समुदायसँग छलफल गर्ने कार्यक्रम छ।
मुस्ताङ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन यहाँका सांस्कृतिक सम्पदाको अवलोकन गर्न यहाँ आइपुगेका छन् । यहाँका सांस्कृतिक सम्पदाको सम्वद्र्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले उनी अवलोकन भ्रमणका लागि यहाँ आएका हुन् ।
नेपालर अमेरिकाबिचको साझेदारीलाई बलियो बनाउन तथा दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक निरन्तरतामा योगदान पुर्याउने उद्देश्यले राजदूत थम्पसनले मुस्ताङको भ्रमण गर्नुभएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
राजदूत थम्पसनसहितको टोलीले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सम्बन्धी राजदूत कोष (एएफसीपी) को सहयोगमा जीर्णोद्वार गरिएका सांस्कृतिक सम्पदास्थलको भ्रमण गर्ने अमेरिकी दूतावासले जनाएको छ । साथै सोही क्रममा राजदूत थम्पसनले स्थानीय समुदाय तथा परियोजना टोलीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने बताइएको छ ।
एएफसीपीमार्फत जीर्णोद्वार गरिएका सम्पदाको स्थलगत अवलोकनका क्रममा राजदूत थम्पसनले उपल्लो मुस्ताङमा शनिबारदेखि सुरु हुने तिजी पर्वको अवलोकन गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उनले आज वारागुङ मुक्तिक्षेत्र–२ झोङस्थित गुम्बाको अवलोकन गरे ।
एएफसीपीबाट जीर्णोद्वार सम्पन्न भएको झोङ गुम्बाको अवलोकनका क्रममा राजदूत थम्पसनले यहाँको समुदायको पहिचान एउटा जीवन्त हिस्सा भएको उल्लेख गरे । जीर्णोद्वारसम्बन्धी कार्यबाट यहाँको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जर्गेना गर्न टेवा पुग्ने उनको भनाइ थियो ।
मुस्ताङमा एएफसीपीमार्फत तीन परियोजनामा सहयोग प्राप्त भएको छ । राजदूत थम्पसनले आज भ्रमण गर्नुभएको झोङ गुम्बा, गोन्पा गाङ गुम्बा, लोघेकर गुम्बा (घर गुम्बा) तथा लोमान्थाङस्थित जम्पा ल्हाखाङ गुम्बा, थुप्चेन गुम्बा र छोडे गुम्बाको अवलोकन भ्रमण गर्नुहुने अमेरिकी दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण