अमेरिका र भारतबिच व्यापार सम्झौताको लागि फेरि सुरु भयो वार्ता
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण अमेरिका र भारतबीच द्विपक्षीय व्यापार सम्झौताको लागि वासिङ्टनमा बैठक भयो।
- बैठकमा भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल र अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकबीच व्यापार सम्झौताको विषयमा छलफल भयो।
- गोयलले दुवै देशको व्यापार हितमा सकारात्मक संवाद भएको बताएका छन्, र अमेरिकाले भारतमाथि लगाएको ट्यारिफको म्याद जुलाई ८ मा सकिँदैछ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ट्यारिफ नीतिको घोषणा गरेपछि अमेरिका र भारतबिच द्विपक्षीय व्यापार सम्झौताको लागि बिहीबार वासिङ्टनमा फेरि बैठक आयोजना गरिएको छ ।
बैठकमा वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकसँग प्रस्तावित द्विपक्षीय व्यापार सम्झौताको बारेमा छलफल गरेका थिए । यसअघि मे २० मा पियुष गोयलले पनि व्यापार सम्झौताको सम्बन्धमा लुटनिकसँग बैठक गरेका थिए ।
‘अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकसँग दुवै देशको व्यापार हितमा सकारात्मक संवाद भयो । हामी हाम्रा व्यवसाय र जनताका लागि अवसरहरू बढाउन प्रतिबद्ध छौँ ।’
पियुष गोयलले इन्स्टाग्राममा पोस्ट गर्दै भनेका थिए । अमेरिकाले भारतमाथि २६ प्रतिशत ट्यारिफ लगाएको थियो । तर केही दिनपछि यसमाथि ९० दिनको प्रतिबन्ध घोषणा गर्यो । यो म्याद जुलाई ८ को मध्यरातमा समाप्त हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण