जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ
बाँके । जग्गासम्बन्धी कार्यमा घुस माग्दै गरेको आरोपमा बाँके जिल्लाको कोहलपुरस्थित मालपोत कार्यालयका एक खरिदारसहित तीन जना पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी (विचौलिया) शान्ती पुन र तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो।
आयोगको बुटवल कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उजुरीका आधारमा अनुसन्धान गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। आयोगका अनुसार खरिदार पाण्डेले कोहलपुर मालपोत कार्यालयको मुद्दाफाँट शाखामा कार्यरत रहँदा जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु. २० हजार घुस मागेका थिए।
सेवाग्राहीसँग मागिएको घुस रकम लेखापढी व्यवसायी शान्ती पुनमार्फत तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिइएको थियो। सोही रकमसहित तिनै जनालाई कोहलपुर नगरपालिका वडा नं. ११ स्थित तिवारी रेष्टुरेण्टबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण