आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

शुभमन बने भारतको नयाँ टेस्ट कप्तान, पन्त उपकप्तान

शनिबार, १० जेठ २०८२, १४ : २४
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शुभमन गिललाई इङ्गल्याण्ड भ्रमणका लागि टेस्ट टोलीको नयाँ कप्तान नियुक्त गरेको छ।
  • ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारी दिइएको छ, र टोली अर्को महिना इङ्गल्याण्ड भ्रमणमा जाँदैछ।
  • बोर्डको मुम्बई मुख्यालयमा भएको बैठकले टोली छनोट गरेको हो, जसमा देवजित सैकिया र अजित आगरकरको उपस्थिति थियो।

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इंग्ल्याण्ड भ्रमणका लागि शुभमन गिललाई टेस्ट टोलीको नयाँ कप्तान नियुक्त गरेको छ। उपकप्तानको जिम्मेवारी ऋषभ पन्तलाई दिइएको छ।

भारतीय क्रिकेट टोली अर्को महिना इङ्गल्याण्ड भ्रमणमा जाँदैछ। यहाँ टोलीले पाँच खेलको टेस्ट शृङ्खला खेल्ने छ।  टोली छनोट गर्न बोर्डको मुम्बईस्थित मुख्यालयमा बैठक बसेको थियो। यस बैठकमा बीसीसीआई सचिव देवजित सैकिया र अजित आगरकरको नेतृत्वमा रहेको छनोट समितिका सदस्यहरू उपस्थित थिए।

बैठकपछि पत्रकार सम्मेलनमा अजित आगरकरले भारतीय टोलीको घोषणा गरे।

यी हुन् टोलीमा समावेश : शुभमन गिल (कप्तान), ऋषभ पन्त (विकेटकिपर र उपकप्तान), यशस्वी जयस्वाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, 
करुण नायर, नितिश कुमार रेड्डी, रवीन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकिपर), वासिङ्टन सुन्दर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, आकाश दीप, अर्शदीप सिंह, कुलदीप यादव

Indian Premier League (IPL) 2025 Indian Premier League (IPL) 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप