एनआरएनए कतारको अन्तिम परिषद् भेला प्रभावित

समाचार सारांश
- एनआरएनए आईसीसी विवादको असर एनसीसी कतारमा देखियो, जसले गर्दा तेस्रो परिषद् भेला सुरु नहुँदै स्थगित भयो।
- अध्यक्ष महेश श्रेष्ठ र बद्री केसी समूहबीचको विवादका कारण भेला प्रभावित भयो, जसले गर्दा केसी समूहले अवरोध सिर्जना गरेको आरोप छ।
- विवाद समाधानका लागि मध्यमार्गी समाधान खोज्दै अर्को मिति तय नभएसम्मका लागि भेला स्थगित गरिएको छ, र सदस्यता प्रक्रिया वेबसाइटमार्फत अघि बढाइने सहमति भएको छ।
कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय परिषद् (आईसीसी) मा चलिरहेको विवादको प्रभाव राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारमा पनि देखिएको छ। यही कारण, गत शुक्रबार दोहाको होलिडे होटेलमा आयोजना गरिएको एनसीसी कतारको तेस्रो तथा अन्तिम परिषद् भेलाले पार्षद बन्द गरेपनि थप निर्णय गर्न सकेन ।
सर्वोच्च अदालतको परमादेशअनुसार महाधिवेशनबाट चयन भएका अध्यक्ष महेश श्रेष्ठ र बद्री केसी नेतृत्वको समूहबीचको विवादका कारण भेला प्रभावित भएको हो।
परिषद् भेलाबाट श्रेष्ठ नेतृत्वलाई आधिकारिकता दिइने आशंकाका कारण बद्री केसी समूह त्रस्त बनेको र भेलामा अवरोध सिर्जना गरेको मध्यपूर्व उपसंयोजक श्रीकृष्ण भट्टराईले आरोप लगाए। उनका अनुसार सोही कारण अन्तिम परिषद् भेला निरर्थक बन्यो।
संघका संरक्षक राजेन्द्र कुमार शर्मा (आर.के.) ले एनसीसी कतारलाई विभाजनबाट जोगाउन ‘मध्यमार्गी’ समाधान आवश्यक भएको बताए। उनले भने, “महेश श्रेष्ठ र बद्री केसी समूहको आधारमा एनसीसीहरूलाई विभाजन गरिने हो भने प्रवासी नेपालीहरूमा संघप्रति वितृष्णा बढ्न सक्छ र संस्था बदनाम हुने खतरा रहन्छ।”
एनआरएनएका वरिष्ठ अभियन्ता, आईसीसी पदाधिकारी, पूर्वअध्यक्ष तथा समाजिक अगुवाहरूको सहमतिमा नेपाली समाजको हित र एकतालाई प्राथमिकता दिँदै थप संवाद आवश्यक भएको निष्कर्षमा भेला पुगेको बताइएको छ। त्यसैले, एनसीसी कतारको विधानको परिच्छेद ६ को दफा १३.३ अनुसार अर्को मिति तय नभएसम्मका लागि भेला स्थगन गरिएको जनाइएको छ।
एनसीसी कतारका अध्यक्ष रमेश भट्टका अनुसार तत्कालका लागि उच्चस्तरीय समिति र एमआईएस प्रणाली दुबैलाई स्थगन गरेर एनसीसी कतारको आधिकारिक वेबसाइटमार्फत सदस्यता प्रक्रियालाई अघि बढाउने सहमति भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिवालय बैठक : शंकरको कानेखुसीपछि अनेरास्ववियुमा ३२ वर्षे उमेरहदको निर्णय
-
यी हुन् मौद्रिक नीतिको समीक्षामार्फत संशोधन गरिएका ६ नीति (पूर्णपाठ)
-
शेयर बजारलाई गभर्नर पौडेलकाे ‘सरप्राइज गिफ्ट’ : सेयर कर्जाको जोखिम भार १०० प्रतिशतमा झारियो
-
ठुला योजना शीघ्र सम्पन्न गर्न मन्त्री दाहालको निर्देशन
-
चेन्नईको फराकिलो जित, गुजरात ८३ रनले पराजित
-
धवल शमशेरको बयान : कार्यक्रम आयोजक दुर्गा प्रसाईं हुन्, सञ्चालन र खर्च व्यवस्थापनमा मेरो भूमिका छैन