दुर्गा प्रसाईंविरूद्ध कुनकुन कसूर र सजायको मागदावी लिइयो ?
सारांश
- काठमाडौं जिल्ला अदालतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्ध, आपराधिक उपद्रव, कर्तव्य ज्यान लगायतका मुद्दा दायर गरिएको छ।
- प्रसाईंलाई तिनकुने घटना, पत्रकार सुरेश रजकको हत्या, प्रहरीमाथि ज्यान मार्ने उद्योग र संगठित अपराधमा संलग्न भएको आरोप लागेको छ।
- मुद्दामा जन्म कैदको सजाय मागदाबी गरिएको छ र अदालतमा मुद्दा दर्ता भएसँगै अब अदालती प्रक्रिया अघि बढ्नेछ।
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा आज राज्यविरुद्ध, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसूरसम्बन्धी विभिन्न अभियोगमा मुद्दा दायर गरिएको छ ।
तिनकुने घटनामा मुछिएका उनीविरुद्दको अभियोगपत्रमा यस्ता कसूर र सजायको मागदाबी लिइएका छन् ।
१. राज्यविरुद्धको कसूर
मुलुकी अपराध संहिता, २०७४ को दफा ५० को उपदफा (१) बमोजिम राज्यविरुद्धको कसूर गरेको आरोप, र सोही संहिताको दफा ५० को उपदफा (२) अनुसार सजाय मागदावी ।
२. आपराधिक उपद्रवको कसूर
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनीमा आगजनी गराएको अभियोगमा, मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१) र उपदफा (२) को खण्ड (क) अनुसार कसूर गरेको आरोप, र दफा २८५ को उपदफा (३) को खण्ड (ख) बमोजिम सजाय मागदावी ।
३. कर्तव्य ज्यानको कसूर
पत्रकार सुरेश रजकको ज्यान लिएको आरोपमा, मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) अनुसार कसूर, र सोही संहिताको दफा १७७ को उपदफा (२) अनुसार सजाय मागदावी ।
४. ज्यान मार्ने उद्योगको कसूर
नेपाल प्रहरीलाई लक्षित गरी सवारी साधन प्रयोग गरी ज्यान मार्ने प्रयास गरेको आरोपमा, मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ को उपदफा (१) अनुसार कसूर, र सोही संहिताको दफा १८३ को उपदफा (२) अनुसार सजाय मागदावी ।
५. संगठित अपराधको कसूर
राज्य संरचना पल्टाउने उद्देश्यले आपराधिक बल प्रयोग गरेको अभियोगमा, संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२), (३) (क) र दफा ५ बमोजिम कसूर गरेको आरोप, र सोही ऐनको दफा ३ (१) (क) र (ग) अनुसार सजाय मागदावी ।
६. एकीकृत कसूर
एकै वारदातमा बहुविध कसूर गरेको हुँदा, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ अनुसार एकीकृत कसूरको आधारमा थप सजाय मागदावी ।
आज दर्ता भएको मुद्दामा दुर्गा प्रसाईंमाथि गम्भीर प्रकृतिका आपराधिक अभियोगहरू लागेका छन्। अदालतमा मुद्दा दर्ता भएसँगै अब अदालती प्रक्रिया अघि बढ्नेछ । उनी विरुद्ध जन्म कैदको सजाय मागदाबी लिइएकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण