आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
एमाले सचिवालय निर्णय

सचिवालय बैठक : शंकरको कानेखुसीपछि अनेरास्ववियुमा ३२ वर्षे उमेरहदको निर्णय

आइतबार, ११ जेठ २०८२, १९ : ४३
आइतबार, ११ जेठ २०८२

काठमाडौँ । नेकपा एमालेले भ्रातृ सङ्गठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

‘सचिवालय बैठकमा त्यो एजेन्डा थिएन तर बैठकको अन्तिम समयमा उमेर हदको एजेन्डाले प्रवेश पायो र अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय भयो’, ति नेताको भनाइ । तर उमेर हद लगाउनेबारे सचिव योगेश भट्टराईले अहिले व्यवहारिक नहुन सक्ने भन्दै अर्को पटकबाट लगाउँदा ठिक हुने धारणा राखेका थिए ।

‘बैठक सकिन लागेको थियो महासचिव शंकर कमरेडले अध्यक्षसँग कानेखुसी गर्नुभयो अनि उमेर हदको कुरा निस्कियो’, एमाले श्रोतले भन्यो, ‘त्यसपछि अध्यक्षले ल ल भन्नुभयो ।’

यसअघि अनेरास्ववियुमा उमेर हद ३० वर्ष, ३२ वर्ष वा खुला राख्ने भन्ने बहस चल्दै आएको थियो । अनेरास्ववियुको आगामी जेठ २४ देखि २७ गतेसम्म राष्ट्रिय सम्मेलन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप