सचिवालय बैठक : शंकरको कानेखुसीपछि अनेरास्ववियुमा ३२ वर्षे उमेरहदको निर्णय
काठमाडौँ । नेकपा एमालेले भ्रातृ सङ्गठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
‘सचिवालय बैठकमा त्यो एजेन्डा थिएन तर बैठकको अन्तिम समयमा उमेर हदको एजेन्डाले प्रवेश पायो र अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय भयो’, ति नेताको भनाइ । तर उमेर हद लगाउनेबारे सचिव योगेश भट्टराईले अहिले व्यवहारिक नहुन सक्ने भन्दै अर्को पटकबाट लगाउँदा ठिक हुने धारणा राखेका थिए ।
‘बैठक सकिन लागेको थियो महासचिव शंकर कमरेडले अध्यक्षसँग कानेखुसी गर्नुभयो अनि उमेर हदको कुरा निस्कियो’, एमाले श्रोतले भन्यो, ‘त्यसपछि अध्यक्षले ल ल भन्नुभयो ।’
यसअघि अनेरास्ववियुमा उमेर हद ३० वर्ष, ३२ वर्ष वा खुला राख्ने भन्ने बहस चल्दै आएको थियो । अनेरास्ववियुको आगामी जेठ २४ देखि २७ गतेसम्म राष्ट्रिय सम्मेलन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण