सोमबार, १२ जेठ २०८२
ताजा लोकप्रिय

विवादास्पाद खेलबिच भिल्लाले गुमायो च्याम्पियन्स लिग स्थान

सोमबार, १२ जेठ २०८२, ०७ : १३
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • विवादस्पद गोल अस्वीकृत र गोलकिपर रातो कार्ड पाएपछि एस्टन भिल्ला म्यानचेस्टर युनाइटेडसँग पराजित भयो, जसले च्याम्पियन्स लिगको स्थान गुमायो।
  • न्यूक्यासल एभर्टससँग पराजित हुँदा भिल्ला च्याम्पियन्स लिगमा पुग्ने बाटोमा थियो, तर फर्नान्डेस र डियालोको गोलले युनाइटेडलाई अग्रता दिलायो।
  • रेफ्रीको विवादास्पद निर्णय र पेनाल्टीका कारण भिल्ला पराजित भयो, अर्को सिजन युरोपा लिगमा खेल्ने भयो।

लण्डन । विवादस्पद रुपमा गोल अस्वीकृत गरिनुकासाथै गोलकिपर एमिलियानो मार्टिनेज रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेडसँग हार बेहोर्दै एस्टन भिल्लाले च्याम्पियन्स लिग स्थान गुमाएको छ।

न्यूक्यासल एभर्टनसँग १-० ले पराजित भइरहँदा १० खेलाडीमा सीमित भिल्ला युरोपको शीर्ष क्लब प्रतियोगिता (च्याम्पियन्स लिग) मा स्थान बनाउने बाटोमा थियो। तर ७६औँ मिनेटमा ब्रुनो फर्नान्डेसको क्रस-फिल्ड बलमा आमाद डियालोले हेड गर्दै गोल गरेपछि युनाइटेडले अग्रता लियो।

त्यस गोलभन्दा केही समयअगाडि मोर्गन रोजर्सले गोल गरे जस्तो देखिएको थियो, तर रेफ्रीले गोलकिपर अल्टाय बायिन्डिरको हातबाट बल खोसेर गोल गरेको ठहर गर्दै त्यो गोल मान्यता दिएनन्। रेफ्रीले बल नेटमा पुग्नुअघि नै सिटी बजाइसकेका थिए, जसका कारण भिडियो असिस्टेन्ट रेफ्रीले हस्तक्षेप गर्न नसकेको हो।

भिल्लाका प्रशिक्षक उनाई एमेरी उक्त निर्णयप्रति निकै आक्रोशित देखिए। उनी अझै क्रोधित भए जब इयान माात्सेनले डियालोलाई फल गरेपछि युनाइटेडलाई ढिलो समयमा पेनाल्टी दिइयो। क्लब छोड्दै गरेका क्रिस्टियन एरिक्सनले पेनाल्टीमार्फत गोल गर्दै २-० को जित सुनिश्चित गरे।

यस हारसँगै, यस सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलसम्म पुगेको भिल्लाले अर्को सिजन युरोपा लिगमा खेल्नुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप