ट्रम्पले बढाए युरोपसँगको व्यापार वार्ताको समयसीमा
_yMsPQ1SI4B.png)
समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू)सँगको ट्यारिफ वार्ताको समयसीमा जुलाई ९ सम्म बढाउन सहमति जनाएका छन्।
- ट्रम्पले सामाजिक सञ्जालमा ईयूसँग ट्यारिफ सम्बन्धी वार्ताको समयसीमा बढाउन सहमति जनाएको जानकारी दिएका छन्।
- यसअघि, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि ट्रम्पसँग फोनमा कुराकानी गरेको बताएकी थिइन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू)सँग ट्यारिफसम्बन्धी वार्ताको समयसीमा बढाउन सहमति जनाएका छन्् ।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा रहेको आफ्नो अकाउन्टमा यो जानकारी दिएका छन् । ईयूसँग ट्यारिफ सम्बन्धी वार्ताको समयसीमा जुलाई ९ सम्म बढाउन ट्रम्प सहमत भएको बताएका छन् । यसअघि युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि आइतबार ट्रम्पसँग फोनमा कुराकानी भएको जानकारी दिएकी थिइन् ।
माइक्रो ब्लगिङ वेबसाइट एक्समा उर्सुला भोन डेर लेयनले लेखेकी छिन्, ‘राष्ट्रपति ट्रम्पसँग राम्रो कुराकानी भयो । ईयू र अमेरिकाबीच संसारमा सबैभन्दा महत्त्वपूर्ण र घनिष्ठ व्यापार सम्बन्ध छ । युरोप वार्तालाई छिटो र निर्णायक रूपमा अगाडि बढाउन तयार छ । राम्रो सम्झौतामा पुग्न हामीलाई जुलाई ९ सम्मको समय चाहिन्छ ।’
‘आज मलाई युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनबाट फोन आएको छ, जसमा उनले मलाई व्यापार र ईयूको सम्बन्धमा ५० प्रतिशत ट्यारिफको लागि जुन १ को समयसीमा बढाउन आग्रह गरेकी छिन् । म २०२५ को जुलाई ९ सम्मको समयसीमा बढाउन सहमत भएको छु,’ पोष्टमा ट्रम्पले लेखेका छन् ।
गत महिना, ट्रम्पले ईयूबाट आउने अधिकांश सामानहरूमा २० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरे । पछि, वार्ताको लागि समय दिँदै, जुलाई ८ सम्ममा भन्सार दर १० प्रतिशतमा घटाइयो ।
यद्यपि, शुक्रबार, ट्रम्पले ईयूसँगको वार्ताको गतिप्रति निराशा व्यक्त गर्दै ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिए, त्यसपछि अब वार्ताको समयसीमा बढाइएको खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
-
कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट