ट्रम्पले बढाए युरोपसँगको व्यापार वार्ताको समयसीमा
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू)सँगको ट्यारिफ वार्ताको समयसीमा जुलाई ९ सम्म बढाउन सहमति जनाएका छन्।
- ट्रम्पले सामाजिक सञ्जालमा ईयूसँग ट्यारिफ सम्बन्धी वार्ताको समयसीमा बढाउन सहमति जनाएको जानकारी दिएका छन्।
- यसअघि, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि ट्रम्पसँग फोनमा कुराकानी गरेको बताएकी थिइन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू)सँग ट्यारिफसम्बन्धी वार्ताको समयसीमा बढाउन सहमति जनाएका छन्् ।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा रहेको आफ्नो अकाउन्टमा यो जानकारी दिएका छन् । ईयूसँग ट्यारिफ सम्बन्धी वार्ताको समयसीमा जुलाई ९ सम्म बढाउन ट्रम्प सहमत भएको बताएका छन् । यसअघि युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि आइतबार ट्रम्पसँग फोनमा कुराकानी भएको जानकारी दिएकी थिइन् ।
माइक्रो ब्लगिङ वेबसाइट एक्समा उर्सुला भोन डेर लेयनले लेखेकी छिन्, ‘राष्ट्रपति ट्रम्पसँग राम्रो कुराकानी भयो । ईयू र अमेरिकाबीच संसारमा सबैभन्दा महत्त्वपूर्ण र घनिष्ठ व्यापार सम्बन्ध छ । युरोप वार्तालाई छिटो र निर्णायक रूपमा अगाडि बढाउन तयार छ । राम्रो सम्झौतामा पुग्न हामीलाई जुलाई ९ सम्मको समय चाहिन्छ ।’
‘आज मलाई युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनबाट फोन आएको छ, जसमा उनले मलाई व्यापार र ईयूको सम्बन्धमा ५० प्रतिशत ट्यारिफको लागि जुन १ को समयसीमा बढाउन आग्रह गरेकी छिन् । म २०२५ को जुलाई ९ सम्मको समयसीमा बढाउन सहमत भएको छु,’ पोष्टमा ट्रम्पले लेखेका छन् ।
गत महिना, ट्रम्पले ईयूबाट आउने अधिकांश सामानहरूमा २० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरे । पछि, वार्ताको लागि समय दिँदै, जुलाई ८ सम्ममा भन्सार दर १० प्रतिशतमा घटाइयो ।
यद्यपि, शुक्रबार, ट्रम्पले ईयूसँगको वार्ताको गतिप्रति निराशा व्यक्त गर्दै ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिए, त्यसपछि अब वार्ताको समयसीमा बढाइएको खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण