श्रेयष ऐयर टेस्ट टोलीमा नपरेपछि बीसीसीआईमाथि वीरेन्द्र सेहवागले उठाए प्रश्न
सारांश
- भारतीय क्रिकेट टोली इङ्ल्यान्ड भ्रमणको लागि तयार हुँदैछ, जहाँ टेस्ट शृंखला खेलिनेछ।
- शुभमन गिलको कप्तानीमा भारतीय टोलीको घोषणा, जसमा करुण नायर आठ वर्षपछि फर्किएका छन्।
- श्रेयष ऐयरलाई टोलीमा नराखेकोमा समर्थक र पूर्व खेलाडीको छनोट समितिमाथि प्रश्न।
काठमाडौँ । निकट भविष्यमै भारतीय क्रिकेट टोली इङ्ल्यान्ड भ्रमणमा जाँदैछ । भ्रमणका क्रममा भारतीय टोलीले इङ्ल्यान्डसँग टेस्ट शृंखला खेल्ने कार्यक्रम रहेको छ । इङ्ल्यान्ड भ्रमणका लागि भारतीय टोलीको घोषणासमेत भइसकेको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शुभमन गिलको कप्तानीमा भारतीय टोलीको घोषणा गरेको हो । बीसीसीआईले आठ वर्षपछि टेस्ट टोलीमा करुण नायरलाई फिर्ता बोलाएको छ ।
जारी इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका साई सुदर्शनलाई पनि टेस्ट टोलीमा स्थान दिइएको छ । तर, बीसीसीआईले श्रेयष ऐयरलाई भने टेस्ट टोलीमा स्थान दिएको छैन ।
पछिल्लो समय श्रेयषले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पन्जाब किङ्सको तर्फबाट खेलिरहेका श्रेयषले आईपीएलमा चार सय ८८ रन बनाइसकेका छन् । उनले पाँच अर्धशतक प्रहार गरेका छन् ।
राम्रो प्रदर्शन गरिरहेका श्रेयष ऐयरलाई टेस्ट टोलीमा नपारिएपछि समर्थकहरुले अजित अगरकरको नेतृत्वमा रहेको छनोट समितिमाथि पनि प्रश्न उठाइरहेका छन् ।
यसै क्रममा श्रेयष ऐयरको विषयलाई लिएर भारतीय टोलीका पूर्वखेलाडी वीरेन्द्र सेहवागले पनि बीसीसीआई र छनोट समितिमाथि प्रश्न उठाएका छन् । उनले ऐयरलाई टेस्ट टोलीमा नपार्नु दुःखद भएको प्रतिक्रिया दिएका छन् ।
‘श्रेयष ऐयरले आईपीएलमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले आफ्नो कप्तानीमा टोलीलाई प्ले–अफ चरणमा पनि पुर्याएका छन् । लयमा रहेका खेलाडीलाई इङ्ल्यान्ड भ्रमणका लागि टोलीमा नसमेट्नु दुर्भाग्य हो । उनी यसका लागि हकदार थिए,’ सेहवागले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।
उनले राम्रो प्रदर्शन गरिरहेका खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान नदिनुको कारण बीसीसीआई र छनोट समितिले स्पष्ट पार्नुपर्ने धारणा पनि व्यक्त गरे । ‘विपक्षीलाई मनोवैज्ञानिक दबाब दिन पनि लयमा रहेका यस्ता खेलाडीलाई टोलीमा स्थान दिनुपर्छ,’ उनले भनेका छन् ।
श्रेयष ऐयरले सन् २०२१ मा टेस्ट टोलीमा ‘डेब्यू’ गरेका थिए । उनले सन् २०२४ को फेब्रुअरीमा इङ्ल्यान्डविरुद्ध आफ्नो अन्तिम टेस्ट खेलेका थिए । यसबिचमा उनले भारतका लागि १४ टेस्ट खेल्दै ३६.८६ को औसतले कुल आठ सय ११ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले एक शतक र पाँच अर्धशतक पनि प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026