इजरायलले गाजामा गरेको आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु
सोमबार, १२ जेठ २०८२, ११ : २१
सारांश
- इजरायली सेनाको हवाई आक्रमणमा गाजामा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
- मध्य गाजाको विद्यालयमा आश्रय लिएका विस्थापित परिवारमाथि आक्रमण भएको थियो।
- हमासका अनुसार, आक्रमणमा बालबालिकासहित २० जनाको शव फेला परेको छ।
गाजापट्टी । इजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा परेर कम्तीमा पनि २४ जनाको मृत्यु भएको छ । सेनाले मध्य गाजामा विद्यालयमा रहेको विस्थापित परिवार बस्ने आश्रयस्थलमा आक्रमण गरेको स्वास्थ्यकर्मी र नागरिक रक्षा अधिकारीले भनेका छन् ।
इजरायलले फहमी अल–जार्गावी विद्यालयलाई निशाना बनाएको थियो । यसमा उत्तरी बेइत लाहिया सहरबाट भागेर आएका मानिसहरू बस्दै आएका थिए ।
बालबालिका समेत कम्तीमा २० जनाको शव भेटिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भनेका छन् । यीमध्ये कयौँको शव गम्भीर तरिकाले जलेको बताइएको छ ।
यस मामिलामा इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण