इजरायलले गाजामा गरेको आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु
सोमबार, १२ जेठ २०८२, ११ : २१

समाचार सारांश
- इजरायली सेनाको हवाई आक्रमणमा गाजामा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
- मध्य गाजाको विद्यालयमा आश्रय लिएका विस्थापित परिवारमाथि आक्रमण भएको थियो।
- हमासका अनुसार, आक्रमणमा बालबालिकासहित २० जनाको शव फेला परेको छ।
गाजापट्टी । इजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा परेर कम्तीमा पनि २४ जनाको मृत्यु भएको छ । सेनाले मध्य गाजामा विद्यालयमा रहेको विस्थापित परिवार बस्ने आश्रयस्थलमा आक्रमण गरेको स्वास्थ्यकर्मी र नागरिक रक्षा अधिकारीले भनेका छन् ।
इजरायलले फहमी अल–जार्गावी विद्यालयलाई निशाना बनाएको थियो । यसमा उत्तरी बेइत लाहिया सहरबाट भागेर आएका मानिसहरू बस्दै आएका थिए ।
बालबालिका समेत कम्तीमा २० जनाको शव भेटिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भनेका छन् । यीमध्ये कयौँको शव गम्भीर तरिकाले जलेको बताइएको छ ।
यस मामिलामा इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन आइतबार पनि स्कर्टिङ
-
प्रत्येक वर्ष बढ्दैछ रक्षाको बजेटः हतियार खरिददेखि सेनाको तलब भत्तामा ठूलो खर्च
-
लुम्बिनी प्रदेश : नयाँ सांसद पठाउन आन्तरिक छलफलमा जनमत पार्टी
-
राउटेमाथि किन भइरहेका छन् दुर्व्यवहारका घटना ?
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण