राजावादी समूहले भन्यो– प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजक र आपत्तिजनक
काठमाडौं । राजावादी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्तिजनक र उत्तेजक अभिव्यक्ति दिएको आरोप लगाएको छ ।
संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै आगामी जेठ १५ गतेदेखि आन्दोलन गर्न लागिएपनि प्रधानमन्त्रीले आइतबार एक कार्यक्रममा उत्तेजक र आपत्तिजनक अभिव्यक्ति दिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा सोमबार जारी गरिएको प्रेस वक्तव्यमा उल्लेख छ ।
विज्ञप्तिमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र संविधान तथा लोकतन्त्रको मर्म विपरीत रहेको उल्लेख गरिएको छ। आइतबार ओलीले जेठ १५ गते काठमाडौंलाई पार्टीको नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिएका थिए ।
सुवेदीका अनुसार प्रधानमन्त्रीको जिम्मेवारी शान्ति, संविधानको पालना र जनताको सुरक्षामा केन्द्रित हुनुपर्नेमा उल्टो द्वन्द्व भड्काउने खालको भाषा प्रयोग गर्नु आश्चर्यजनक र आपत्तिजनक हो।
वक्तव्यमा संयुक्त जनआन्दोलन समितिले भ्रष्ट व्यवस्था र शासकविरुद्धको आन्दोलन शान्तिपूर्ण तरिकाले अघि बढाउने उल्लेख छ। 'आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रहमा आधारित हुनेछ', विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण