रवि थुनामुक्त नभएपछि निकिताले भनिन्– ‘न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्थाको जग हल्लियो’
सारांश
- रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतबाट न्याय नपाएको गुनासो गरिन्।
- निकिताले रवि लामिछानेविरुद्ध प्रमाण नहुँदा पनि मुद्दा चलाइएको र गैरकानुनी पक्राउको रिटमा निर्णय नआएको बताइन्।
- अदालत प्रशासनप्रति आक्रोश व्यक्त गर्दै उनले न्याय र मानवीय व्यवहार नपाएको र शुक्रबारको दिन कठिन बनेको उल्लेख गरिन्।
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेपत्नी निकिता पौडेलले आफूले सर्वोच्च अदालतबाट पनि न्याय नपाएको गुनासो गरेकी छन्। रवि थुनामुक्त नभएपछि सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको’ टिप्पणी गरेकी छन् ।
निकिताले श्रीमान् लामिछानेविरुद्ध प्रमाण नहुँदानहुँदै पनि मुद्दा चलाइएको दाबी गर्दै सर्वोच्च अदालतमा पेस गरिएको गैरकानुनी पक्राउसम्बन्धी रिटमा कुनै निर्णय नआएको समेत गुनासो गरेकी छन्।
निकिताले लेखेकी छिन्- ‘जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन थियो। बहस सकिएपछि आदेश कुर्दा कुर्दा ७ घण्टा बित्यो। प्रवक्ता ‘एकैछिन’ भन्दै कार्यकक्षबाट निस्किए, फर्किएनन्। पछि थाहा भयो—आदेश बाहिर अनलाइनमा छापिइसकेको रहेछ। म निवेदक हुँ, तर आदेश मभन्दा पहिला पत्रकारले थाहा पाउँछन्।’
उनले अदालत प्रशासनप्रति आक्रोश व्यक्त गर्दै ‘न अदालतले न्याय दियो, न मानवीय व्यवहार नै देखायो’ भनेकी छन्। निकिताले शुक्रबारको दिन आफ्ना लागि जिन्दगीकै कठिन र पीडादायी बनेको उल्लेख गरेकी छन्। रातभर अनिन्द्रामा बितेको बताउँदै उनले लेखेकी छन्, ‘शुक्रबारको तनाव, अनिन्द्रा र रुवाई...जिन्दगीकै अत्यन्तै कठिन दिन। भोलिपल्ट भैरहवा जानु थियो, म जिउँदो लास भएर हिँडेछु।’
पौडेलले अब आफूले कसरी मनको डर मेटाउने, कसलाई गुहार्ने ? भन्ने प्रश्न गरिरहेकी छन्। ‘गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि, मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ,’ उनले लेखेकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण