मायोपिया जनचेतना सप्ताह सम्पन्न
काठमाडौँ । दृष्टि आई केयर सिस्टमको आयोजनामा काठमाडौँ, वीरगञ्ज र विर्तामोडमा मायोपिया (टाढा नदेख्ने दृष्टिदोष) सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
विश्वभर तीव्र गतिमा बढ्दो मायोपिया प्रति जनस्तरमा चेतना फैलाउने उद्देश्यले जेठ ५ देखि ११ गतेसम्म सञ्चालन गरिएको ‘मायोपिया जनचेतना सप्ताह’मा हजारौं नागरिकको सहभागिता रहेको दृष्टि आई केयर सिस्टमले जनाएको छ।
दृष्टि आई केयरले विभिन्न उमेर र पृष्ठभूमिका व्यक्तिहरूलाई लक्षित गर्दै व्यापक जनसन्देश फैलाउने उद्देश्यले र्याली सञ्चालन गरेको हो।
सप्ताहभरको अभियानमा विभिन्न विद्यालयहरूमा स्कुल स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रमहरू मार्फत सयौं बालबालिकाको प्रारम्भिक दृष्टि परीक्षण गरिएको र परीक्षणमा सहभागी विद्यार्थीहरूलाई दृष्टिका सम्पूर्ण शाखामा निःशुल्क विस्तृत आँखा परीक्षण सेवा उपलब्ध गराइएको दृष्टिले जानकारी दिएको छ।
दृष्टि आई केयर सिस्टमका कार्यकारी निर्देशक डा. भाईराजा श्रेष्ठले, “यो अभियान केवल र्याली नभई चेतनाको यात्रा हो। यो दृष्टिकोण परिवर्तन र भावी पुस्ताको दृष्टि सुरक्षित गर्ने हाम्रो सामूहिक प्रतिबद्धता हो,” भन्दै मायोपियाको दीर्घकालीन असरप्रति सचेत रहन आग्रह गरे।
नेपाल अप्थाल्मिक सोसाइटीकी उपाध्यक्ष डा. रञ्जना शर्माले मायोपिया नियन्त्रणमा नियमित आँखाको परीक्षण र विशेषज्ञको सल्लाहको महत्त्वपूर्ण भूमिका रहेको बताइन्। त्यस्तै, नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष निरज देव जोशीले बालबालिकामा मायोपियाको बढ्दो जोखिमलाई समयमै नियन्त्रण नगरेमा दृष्टि गुम्ने खतरा रहने चेतावनी दिए।
ओए सोसाइटीका महासचिव रमेश प्रधानले बालबालिकाको दृष्टि स्वास्थ्य जाँच हरेक ६ महिनामा अनिवार्य रूपमा गराउनुपर्ने सुझाव दिए। मायोपिया विशेषज्ञ दीपक घिमिरेले मायोपियालाई केवल सामान्य दृष्टिदोष नठानी दीर्घकालीन दृष्टि गुमाउने सम्भावित कारणका रूपमा लिन आवश्यक रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण