उपभोक्ता समितिको रकम दुरुपयोग प्रकरणमा प्रदेश सांसदका निजी सचिव पक्राउ
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंहका निजी सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ।
- कायस्थलाई सांसद सिंहले उपभोक्ता समितिको रकम आफ्नो र श्रीमतीको खातामा जम्मा गर्न लगाएको आरोप लागेको छ।
- अख्तियारले सांसद सिंहको विद्युतीय उपकरण नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंहका निजी सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचारसम्बन्धी अभियोगमा पक्राउ गरेको छ।
अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले जेठ १२ गते साँझ जनकपुरबाट कायस्थलाई नियन्त्रणमा लिएको हो। उनलाई सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरूको नाममा आएको रकम आफ्नो र श्रीमतीको खातामा दाखिला गराएको अभियोगमा पक्राउ गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार प्रदेशसभा सदस्य सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गराएको देखाई ती समितिहरूको खातामा जम्मा भएको रकम निजी सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिकाई आफू र परिवारको खातामा स्थानान्तरण गराएको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको हो।
पक्राउ परेका कायस्थ महोत्तरी जिल्ला, जलेश्वर–१० स्थायी निवासी तथा हाल जनकपुर उपमहानगरपालिका–९, सरस्वती टोल बसोबास गर्ने ६५ वर्षीय व्यक्ति हुन्।
अख्तियारले सांसद सिंहको साथमा रहेको र उनीद्वारा प्रयोग हुँदै आएको विभिन्न विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।
यस प्रकरणमा थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले मंगलबार जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण