विपक्षी विद्यार्थी र युवा संगठनको माइतीघरमा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग

समाचार सारांश
- विपक्षी विद्यार्थी संगठनहरूले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरे।
- उनीहरूले सरकार मानव तस्करहरूको संरक्षणमा लागेको र भिजिट भिसाको नाममा युवालाई विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोप लगाए।
- गृहमन्त्री लेखकले अध्यागमनका कर्मचारीसँग मिलेर रकम असुलेको र मानव तस्करीमा संलग्न भएको आरोप प्रदर्शनकारीहरूको छ।
काठमाडौं । विपक्षी दलका विद्यार्थी तथा युवा संगठनले संयुक्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।
मंगलबार अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु, युवासंघ नेपाल, वाइसियल र युवासंगठन नेपाल लगायतका संगठनले विरोध प्रदर्शन गर्दै सरकारविरुद्ध नारा लगाएका थिए। उनीहरूले सरकार मानव तस्करहरूको संरक्षणमा लागेको, भिजिट भिसाको नाममा नेपाली युवालाई विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोप लगाएका छन्।
विरोध प्रदर्शनका सहभागीहरूका अनुसार, विमानस्थलमा भिजिट भिसामा जाने नेपालीहरूसँग जबरजस्ती रकम असुल्ने कार्यमा संलग्न रहेको भन्दै गृहमन्त्री लेखक पनि सो अनियमिततामा मुछिएको दाबी गरिएको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित केही कर्मचारीलाई नियन्त्रणमा लिएपछि यो प्रकरण सार्वजनिक भएको हो। गृहमन्त्री लेखककै सिफारिसमा भट्टराई अध्यागमन विभागको नेतृत्वमा पुगेको भन्दै विपक्षीहरूले उनीमाथि संगठित मानव तस्करीमा संलग्नताको आरोप लगाएका छन्।
विरोध गर्ने विद्यार्थी संगठनहरूले गृहमन्त्री लेखकले पदमै रहँदा अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै तत्काल राजीनामाको माग गरेका छन्।
उनीहरूले संगठित रूपमा भइरहेको मानव बेचबिखन र त्यसमाथि सरकारकै संलग्नता गम्भीर विषय भएको भन्दै छानबिन निष्पक्ष र निष्कर्षसम्म पुर्याउन जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा राजनीतिक प्रदर्शनले दैनिक जीवन अस्तव्यस्त
-
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी
-
मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल
-
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ
-
१० बजे, १० समाचार : अफताव आलम रिहादेखि प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोनसम्म
-
झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ