एमालेको उज्यालो भविष्यमाथि चौतर्फी प्रहार भइरहेको छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको उज्यालो भविष्यमाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् । मंगलबार पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले एमालेमाथि भइरहेको चौतर्फी प्रहारलाई सामना गर्नुपर्ने बताएका हुन् ।
महासचिव पोखरेलले विद्यालयस्तरमै गणतन्त्रबारे पढाउनुपर्ने समेत बताए । राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिँदै बलियो शक्तिका रुपमा एमाले स्थापित भएका कारण नियोजित ढङ्गले सबैभन्दा बढी प्रहार एमालेमाथि भइरहरेको उनले बताए ।
उनले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिक लगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन र नयाँ पुस्तालाई सूसुचित गराउन विद्यालय शिक्षामा गणतन्त्र र यसको उपलब्धिबारे पढाउनुपर्नेमा उनले जोड दिए ।
उनले संविधान संशोधन गरेर भएपनि नागरिकस्तरमै उत्सवका रुपमा लोकतन्त्र(गणतन्त्र दिवस मनाउनुपर्ने बताए । यसपटक जेठ १५ गते एमालेले गणतन्त्र दिवसलाई जनताको उत्सवको दिनका रुपमा मनाउने तयारी गरेको पनि उनले बताए ।
महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरु जनताका विरुद्धका गतिविधिहरु भएको समेत बताए ।जेठ १५ गते मनाउने उत्सव कसैको विरोधमा लक्षित नभएको भन्दै गणतन्त्र नेपाली जनताको भएको बताए ।
लोकतन्त्रले के दियो भनेर राजावादीहरुले चलाएका हल्लाले पनि समस्या भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी राजनीतिको मेरुदण्ड : उमेर, वैचारिक दृढता, शैक्षिक संलग्नता कि नेतृत्व कौशलता ?
-
जनजातिहरूको विकासका लागि गम्भीर हुन राष्ट्रिय प्रतिष्ठानलाई मन्त्री गुप्ताको निर्देशन
-
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल, गृहमन्त्रीले दिए यस्तो निर्देशन
-
संसद्को अवरोध खोल्न बसेको तीन दलको बैठकमा जुटेन सहमति
-
एलिनाको स्वरमा ‘म त एक्लै ज्यूँछु बरु’ सार्वजनिक