नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल

आज विक्रम संवत २०८२ साल जेष्ठ १४ गते, बुधबार । ईश्वी सन् २०२५ मे २८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । जेष्ठ शुक्लपक्ष । तिथि–प्रतिपदा, ३ घडी १७ पला, बिहान ६ बजेर ४५ मिनेट उप्रान्त द्धितीया । नक्षत्र–मृगशिरा, ५५ घडी ० पला, रातको ३ बजेर २६ मिनेट उप्रान्त आद्र्रा । योग –धृती,४१ घडी २६ पला, बेलुकी १० बजेर १ मिनेट उप्रान्त शूल । करण–बव, बिहान ६ बजेर ४५ मिनेट उप्रान्त बालव, बेलुकी ५ बजेर ४३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृष, बेलुकी ४ बजेर १ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५१ मिनेट । दिनमान ३४ घडी ११ पला । दशहरास्नानारम्भ । गोसाईकुण्डस्नानारम्भ ।
आजको बार बेला
- बिहान ५ बजेर ११ मिनेटसम्म लाभ बेला ।
- बिहान ५ बजेर १२ मिनेटदेखि बिहान ६ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
- बिहान ६ बजेर ५५ मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म काल बेला ।
- बिहान ८ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म रोग बेला ।
- मध्यान्ह १२ बजेर ३ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म उद्धेग बेला ।
- दिउँसो १ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर २७ मिनेटसम्म चर बेला ।
- दिउँसो ३ बजेर २८ मिनेटदेखि बेलुकी ५ बजेर ९ मिनेटसम्म लाभ बेला ।
- बेलुकी ५ बजेर १० मिनेटदेखि बेलुकी ८ बजेर ९ मिनेटसम्म उद्धेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १२ बजेर १ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहुर्त
बिहान ३ बजेर ३५ मिनेटदेखि बिहान ४ बजेर २३ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसायमा नाफा कमाउन अरु दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । बोल्दा वा कुनैपनि प्रस्तुतिमा भाग लिदा प्रसस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । साझको समय राम्रो रहेकाले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर आउनेछ । प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरु जानमानसमा लैजान सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वन्द व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आफन्त तथा साथीभाइको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकी तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गर्न सकिने हुनाले मानसम्मानमा वृद्धि हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरीको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ, ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । साझको समय राम्रो रहेकाले माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । यात्रा तथा भेटभाटमा समय व्यतित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईंको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । शेयर बजारमा गरिएको लगानीबाट भनजस्तो आम्दानी हुनेछ । साझको समयमा यात्राको योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । सहयोगीबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईंको चुम्बकीय व्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार, शेयरबजार तथा उद्योगमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । संगीत तथा मनोरञ्जनमा क्षेत्रमा रमाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यवसायकै सन्द्रर्भमा लामो दुरीको व्यवसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः अघि बढ्नेछ । पद प्राप्तिको गतिलो योग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मविस्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पत्ति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना, घट्न सक्छ । माया प्रेममा धोका हुनेछ । साझपख धार्मिक यात्राको योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) शुभ मांगलिक कार्य वा विवाह व्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीका लागि समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नत्तिको योग रहेकोछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । वित्तीय क्षेत्र, व्यापार वा शेयर बजारमा गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । बेलुकीबाट समय राम्रो रहेकाले अध्ययनमा मन जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा अविशवास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । समाजसेवामा नाम कमाउन अली बढि नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ । र, पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभााइहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखि कामगर्न सकिनेछ । विवादित विषयहरु तपाईंकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब दलीय र समूहगत स्वार्थभन्दा माथि उठ्नुपर्छ : सुवेदी
-
कर्णाली सरकारले यसरी मनायो गणतन्त्र दिवस (तस्बिरहरू)
-
दीपकराज गिरीको कटाक्ष : गणतन्त्र बागमती जस्तै हो
-
जगेडामा रहेका १४ उपसचिवको सरुवा र काज
-
अमेरिकामा अध्ययनरत चिनियाँ विद्यार्थीमाथि कठोर बन्यो ट्रम्प प्रशासन
-
आन्दोलनमा आएका राजावादीलाई आवागमनमा बाधा उत्पन्न गरिएको आरोप