बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान

बुधबार, १४ जेठ २०८२, १० : ५५
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • यस वर्ष मनसुन चाँडै नेपाल भित्रिने अनुमान गरिएको छ। मौसम विभागका अनुसार जेठ १७ गतेसम्ममा मनसुन नेपाल प्रवेश गर्ने सम्भावना छ।
  • विगतमा मनसुन जेठ ३० गतेतिर देशको पूर्वी भागबाट भित्रिने गरेकोमा यस वर्ष छिटो हुने अनुमान गरिएको छ।
  • यस वर्ष मनसुनको समयमा वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ।

काठमाडौँ । यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो । 

महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको  भए पनि यस वर्ष चाँडो हुने अनुमान गरिएको बताए । 

यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको तथा भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने उनले बताए ।यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप