बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युवामा जोश र होश दुवै चाहिन्छ : खेलकुदमन्त्री

बुधबार, १४ जेठ २०८२, १३ : ४२
बुधबार, १४ जेठ २०८२

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कानून, विधि र पद्धतिप्रति सचेत भइ काम गर्दा मात्रै युवाहरुको वर्तमान अपेक्षा पूरा हुने बताएका छन् । 

बुधवार ललितपुरमा आयोजित  नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कानून, विधि र पद्धतिप्रति सचेत रही त्यसअनुसार व्यवहार गर्ने बानीको विकासले युवाको वर्तमानको अपेक्षा पूरा गर्न सकिने बताए । उनले युवामा जोश र होश दुवै हुनुपर्ने समेत बताए । उनले आफ्नो कार्यक्षेत्र र जिम्मेवारीलाई कुशलतापूर्वक ग्रहण गर्नसके उपलब्धि हाँसिल हुने उल्लेख गरे । 

मन्त्री चौधरीले भने, ‘युवामा जोश र होश दुवै हुनुपर्छ । कानून, विधि र पद्धतिप्रति सचेत रही त्यसअनुसार व्यवहार गर्ने बानीको विकासले युवाको वर्तमानको अपेक्षा पूरा गर्न सक्छ । यसैका लागि नेतृत्व विकासका लागि यो व्यवस्थित अभ्यास र अवसर दुवै हो । यस अवसरमा सबैलाई आफ्नो आफ्नो कार्यक्षेत्र र जिम्मेवारीलाई कुशलतापूर्वक ग्रहण गर्न शुभकामना व्यक्त गर्दछु ।’

मन्त्री चौधरीले युवाहरुले नेतृत्व विकास गर्दै आत्मसम्मान, उद्यमशिलता, स्वआर्जन र स्टार्टअपमार्फत असल नागरिकको भुमिकामा आफूलाई उभ्याउन सक्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप