बागमती प्रदेश : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत
बुधबार, १४ जेठ २०८२, १४ : २५

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । बुधबार दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेशसभा बैठकमा प्रदेशसभामा सरकारको नीति कार्यक्रम पेस भएको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा लगानी सम्मेलन आयोजनाका लागि नीतिगत प्रक्रिया अघि बढाउने भएको हो ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम बुधबार बसेको बैठकमा पेस गर्दै आयोजना बैङ्क सूचना प्रणाली कार्यान्वयन प्रभावकारी गरिने बताए ।
उनले आयोजना बैङ्क मार्फत निर्वाचन क्षेत्रका प्रभावकारी योजनाहरू छनौट प्रक्रिया अघि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आइतबार कस्ताे रहला तपाईँकाे दिन ? हेराैं आजकाे राशिफल
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा