वातावरणसम्बन्धी वृत्तचित्र प्रदर्शन

काठमाडौँ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा अमृत साइन्स क्याम्पसमा वृत्तचित्र प्रदर्शन गरिएको छ ।
वातावरण दिवसको पूर्वसन्ध्यामा विद्यार्थीहरूलाई वातावरणसँग सम्बन्धित वृत्तचित्र देखाइएको हो । अमृत साइन्स क्याम्पस वातावरण विभाग र स्वतन्त्र विद्यार्थीको युनियनसँगको सहकार्यमा गरिएको उक्त कार्यक्रममा झन्डै २ सय विद्यार्थी सहभागी थिए । कार्यक्रममा फोटो प्रदर्शनीसमेत गरिएको थियो ।
त्यस्तै, वातावरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि गरिएको छ । अन्तर्क्रियामा वातावरणविद् श्यामकृष्ण श्रेष्ठ र अमृत साइन्स कलेजका लेक्चरर ऋतिका केसीले विद्यार्थीहरूका जिज्ञासा सम्बोधन गरेका थिए ।
‘आज हाम्रोसामु जलवायु परिवर्तनले धेरै चुनौती निम्त्याएका छन् । यसका लागि औद्योगिक राष्ट्रहरू धेरै जिम्मेवारी छन् । उनीहरूले उद्योग—धन्दा सञ्चालन गरेबापत बाँकी दुनियाँमा पुगेको असरस्वरुप जुन क्षतिपूर्ति दिनुपर्ने थियो, त्यो नेपालले प्राप्त गर्न सकेको छैन,’ उनले भने ।
त्यसैगर, लेक्चरर ऋतिका केसीले जलवायु परिवर्तनले हिमालमा गरेको असरबारे यथेस्ट अध्ययन हुनुपर्ने बताइन् ।
१२ औं मानव अधिकार चलचित्र महोत्सव गत डिसेम्बरमा आयोजना भएको थियो । महोत्सवको सफल आयोजनापछि स्कुल–कलेजमा वृत्तचित्र प्रदर्शन गर्न थालिएको हो । ‘हामीले महोत्सवको सफल आयोजनापछि त्यहाँ देखाइएका वृत्तचित्र स्कुल—कलेजमा लैजाने सोच बनाएका छौँ । त्यहीअनुरुप आज वातावरण दिवसको पूर्वसन्ध्यामा वातावरणसम्बन्धी चलचित्र देखाइएको हो,’ मानवअधिकार चलचित्र केन्द्रका महासचिव आभास रिजालले भने, ‘कलाको माध्यमबाट युवाहरूलाई सामाजिक विषयवस्तुबारे धेरैभन्दा धेरै जानकारी दिने लक्ष्यले हामीले देशभरका स्कुल–कलेजमा यस्तो कार्यक्रम गर्दैछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्