शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

गृहमन्त्रीको प्रश्न– ‘मेरा विरुद्ध कहीँ उजुरी छ ?’

बुधबार, १४ जेठ २०८२, १७ : ४५
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि आफूविरुद्ध उजुरी नपरेको बताए।
  • उनले आफूले राजीनामा दिनुपर्ने आवाज रवि लामिछानेविरुद्ध जाहेरी परेको हुनाले उठाएको बताए।
  • लेखकले आपराधिक कार्यको दायित्व अपराध गर्नेमा सीमित हुने र अध्यागमन प्रमुखको कामको जिम्मेवारी आफूले लिनु नपर्ने बताए।

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफ्ना विरुद्ध कहीँ उजुरी नपरेको बताएका छन् । भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै लेखकले प्रश्न गरे, ‘मेरा विरुद्ध कहीँ उजुरी छ ? कहीँ छानिबन भइरहेको छ ?’ 

तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको हुनाले आफूले राजीनामा दिनुपर्ने आवाज उठाएको उनले बताएका छन् । संसद् भवनमा बुधबार पत्रकार सम्मेलन गरेर लेखकले सोधे, ‘म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ?’  

आपराधिक कार्यको दायित्व अपराध गर्नेमा मात्र सीमित हुने निष्कर्ष सुनाउँदै लेखकले विमानस्थल अध्यागमन कार्यालयको प्रमुखले गरेको कामको दायित्व आफूले लिनु नपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप