पत्रकार सम्मेलन
गृहमन्त्रीको प्रश्न– ‘मेरा विरुद्ध कहीँ उजुरी छ ?’
बुधबार, १४ जेठ २०८२, १७ : ४५
सारांश
- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि आफूविरुद्ध उजुरी नपरेको बताए।
- उनले आफूले राजीनामा दिनुपर्ने आवाज रवि लामिछानेविरुद्ध जाहेरी परेको हुनाले उठाएको बताए।
- लेखकले आपराधिक कार्यको दायित्व अपराध गर्नेमा सीमित हुने र अध्यागमन प्रमुखको कामको जिम्मेवारी आफूले लिनु नपर्ने बताए।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफ्ना विरुद्ध कहीँ उजुरी नपरेको बताएका छन् । भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै लेखकले प्रश्न गरे, ‘मेरा विरुद्ध कहीँ उजुरी छ ? कहीँ छानिबन भइरहेको छ ?’
तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको हुनाले आफूले राजीनामा दिनुपर्ने आवाज उठाएको उनले बताएका छन् । संसद् भवनमा बुधबार पत्रकार सम्मेलन गरेर लेखकले सोधे, ‘म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ?’
आपराधिक कार्यको दायित्व अपराध गर्नेमा मात्र सीमित हुने निष्कर्ष सुनाउँदै लेखकले विमानस्थल अध्यागमन कार्यालयको प्रमुखले गरेको कामको दायित्व आफूले लिनु नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण