गाजामा भोकले बेहाल भीडले गर्यो सहायता केन्द्रमा हमला
काठमाडौँ । गाजामा भोकमरीको स्थिति यति बिग्रिएको छ कि खान नपाएका मानिसहरूको भीडले सहायता केन्द्रहरूमा आक्रमण गरिरहेको छ । यस्तै एक आक्रमणको क्रममा भएको गोलीबारीमा एक जनाको मृत्यु भएको छ र ४८ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्र संघका अधिकारीहरूले यो जानकारी दिएका हुन् । प्यालेस्टाइनमा संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रमुख अजित साङ्घेले जेनेभामा मिडियासँग कुरा गर्दै इजरायली सेनाले मानिसहरूको भीडमा गोली चलाएको आशंका व्यक्त गरे । आक्रमणमा धेरै मानिसहरू गम्भीर घाइते भएको बताइएको छ ।
मंगलबार, प्यालेस्टिनी जनताको ठुलो भीड नयाँ सहायता वितरण केन्द्रमा भेला भयो । यो केन्द्र इजरायल र अमेरिका समर्थित संस्थाले स्थापना गरेका थिए । सहायता केन्द्र इजरायलले स्थापना गरेको थाहा पाएपछि मानिसहरू आक्रोशित भए र काँडेतार भाँचे । यति नै वेला त्यहाँ इजरायली ट्याङ्कहरू आए । ट्याङ्कहरू र इजरायली हेलिकप्टर दुवैले आक्रमण गरेको दाबी गरिएको छ । यसमा ठुलो संख्यामा मानिसहरू घाइते भएका छन् ।
गाजाको दक्षिणी सहर रफाह बाहिर रहेको सहायता केन्द्र गाजा मानवीय फाउन्डेसनले एक दिनअघि मात्रै खोलेको थियो । यो फाउन्डेसन इजरायलले सहायता कार्यको निरीक्षण गर्न गठन गरेको थियो ।
यद्यपि, संयुक्त राष्ट्र संघ र अन्य मानव अधिकार एजेन्सीहरूले यी नयाँ व्यवस्थाहरूलाई अस्वीकार गर्दै नयाँ प्रणालीले गाजाका २३ लाख मानिसहरूको आवश्यकता पूरा गर्न सक्षम नहुने बताएका छन् ।
इजरायलले खानालाई हतियारको रूपमा प्रयोग गर्न र गाजाको जनसंख्या नियन्त्रण गर्न चाहेको उनीहरूको आरोप छ । यसले इजरायली सैनिकहरू र गाजाका मानिसहरूबिच झडप निम्त्याउन सक्ने चेतावनी अन्तर्राष्ट्रिय एजेन्सीहरूले दिएका छन् । इजरायलले नाकाबन्दी गरेपछि गाजामा भोकमरीको अवस्था छ । यस्तोमा गाजा अनिकालको संघारमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण