शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रम्पलाई ट्यारिफ धक्का, सङ्घीय अदालतले लगायो प्रतिबन्ध

बिहीबार, १५ जेठ २०८२, ११ : ०३
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • अमेरिकी अदालतले राष्ट्रपति ट्रम्पले अन्य देशबाट आयातित सामानमा लगाएको भन्सार करमा प्रतिबन्ध लगाएको छ।
  • अदालतले ट्रम्पको आर्थिक नीतिको महत्त्वपूर्ण पक्षलाई धक्का दिँदै राष्ट्रपतिलाई कर लगाउने एकतर्फी अधिकार नभएको फैसला गर्‍यो।
  • अदालतले चीन, मेक्सिको र क्यानडामा लगाइएका करहरूमा पनि प्रतिबन्ध लगायो, तर ट्रम्प प्रशासनले तत्कालै पुनरावेदन दायर गरेको छ।

वासिङ्टन डीसी । अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू मुलुकबाट आफ्नो देशमा भित्रिने सामानमाथि भन्सारमा लगाएको अतिरिक्त कर अर्थात् ट्यारिफमा प्रतिबन्ध लगाएको छ । 

यो निर्णय ट्रम्पको आर्थिक नीतिको एक महत्त्वपूर्ण भागको लागि ठुलो धक्का मानिएको छ । अन्तर्राष्ट्रिय व्यापार अदालतले ह्वाइट हाउसद्वारा लागू गरिएको आपत्कालीन कानुनले राष्ट्रपतिलाई लगभग हरेक देशमा कर लगाउने एकतर्फी अधिकार नदिने फैसला गरेको छ ।

अमेरिकी संविधानले कांग्रेसलाई अन्य देशहरूसँग व्यापार गर्न विशेष अधिकार दिएको र अर्थतन्त्रको रक्षा गर्ने राष्ट्रपतिको दायित्वले यसलाई अतिक्रमण गर्न नसक्ने म्यानहट्टनस्थित अदालतले बताएको छ । 

ट्रम्प दोहोर्‍याएर  ह्वाइट हाउस फर्किएपछि चीन, मेक्सिको र क्यानडामा लगाइएको छुट्टाछुट्टै करमा पनि अदालतले  प्रतिबन्ध लगाएको छ । अदालतको यो निर्णय आएको केही मिनेटमै ट्रम्प प्रशासनले यसको विरुद्ध पुनरावेदन दायर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप