ट्रम्पलाई ट्यारिफ धक्का, सङ्घीय अदालतले लगायो प्रतिबन्ध
सारांश
- अमेरिकी अदालतले राष्ट्रपति ट्रम्पले अन्य देशबाट आयातित सामानमा लगाएको भन्सार करमा प्रतिबन्ध लगाएको छ।
- अदालतले ट्रम्पको आर्थिक नीतिको महत्त्वपूर्ण पक्षलाई धक्का दिँदै राष्ट्रपतिलाई कर लगाउने एकतर्फी अधिकार नभएको फैसला गर्यो।
- अदालतले चीन, मेक्सिको र क्यानडामा लगाइएका करहरूमा पनि प्रतिबन्ध लगायो, तर ट्रम्प प्रशासनले तत्कालै पुनरावेदन दायर गरेको छ।
वासिङ्टन डीसी । अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू मुलुकबाट आफ्नो देशमा भित्रिने सामानमाथि भन्सारमा लगाएको अतिरिक्त कर अर्थात् ट्यारिफमा प्रतिबन्ध लगाएको छ ।
यो निर्णय ट्रम्पको आर्थिक नीतिको एक महत्त्वपूर्ण भागको लागि ठुलो धक्का मानिएको छ । अन्तर्राष्ट्रिय व्यापार अदालतले ह्वाइट हाउसद्वारा लागू गरिएको आपत्कालीन कानुनले राष्ट्रपतिलाई लगभग हरेक देशमा कर लगाउने एकतर्फी अधिकार नदिने फैसला गरेको छ ।
अमेरिकी संविधानले कांग्रेसलाई अन्य देशहरूसँग व्यापार गर्न विशेष अधिकार दिएको र अर्थतन्त्रको रक्षा गर्ने राष्ट्रपतिको दायित्वले यसलाई अतिक्रमण गर्न नसक्ने म्यानहट्टनस्थित अदालतले बताएको छ ।
ट्रम्प दोहोर्याएर ह्वाइट हाउस फर्किएपछि चीन, मेक्सिको र क्यानडामा लगाइएको छुट्टाछुट्टै करमा पनि अदालतले प्रतिबन्ध लगाएको छ । अदालतको यो निर्णय आएको केही मिनेटमै ट्रम्प प्रशासनले यसको विरुद्ध पुनरावेदन दायर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण