गणतन्त्रको विकल्प यसकै सुधार हो : मुख्यमन्त्री पाण्डे
सारांश
- मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रको सुधार आवश्यक रहेको बताएका छन्।
- उनले आर्थिक समृद्धिका लागि निरन्तर लाग्नुपर्ने र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत रहेको जानकारी दिए।
- प्रदेश सरकारले सडक कालोपत्रे, अस्पताल स्तरोन्नति, र राइड सेयरिङलाई मान्यता दिएको छ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रको विकल्प यसैको सुधार भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै पाण्डेले लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्षमाथि प्रहार बढेको बताए ।
‘सरकारबाट नागरिकले विकास र समृद्धिको अपेक्षा राख्नु स्वभाविकै हो । सन्तुलित विकास र झन्झटमुक्त सेवा प्रवाहको माग सम्बोधन गर्नु सरकारको कर्तव्य पनि हो,’ अघि भने, ‘आज जानेर वा नजानेर, बुझेर वा नबुझेर यसका सुन्दर पक्षमाथि यदाकदा प्रहार गर्ने प्रयास गरिएको छ । तर लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प भनेको यसैको सुधार हो, उत्कृष्टता हो ।’
‘लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि भएको लामो आन्दोलनले आफ्नो राजनीतिक लक्ष्य प्राप्त गरेको छ,’ उनले भने, ‘अब आर्थिक समृद्धि हासिल गरी गणतन्त्र संस्थागत गर्नको लागि हामी सबै निरन्तर लाग्नुपर्ने आजको आवश्यकता भएको छ ।’ पाण्डेले सङ्घीयता लागू भएको ७ वर्षको अवधिमा प्रदेश सरकारले नागरिकप्रति जिम्मेवार र दायित्व बोध गरी प्रदेशलाई स्थापित गर्न प्रशस्त प्रयास गरेको दाबी गरे । उनले समग्र देशको भन्दा प्रदेशको आर्थिक वृद्धिदर बढी भएको सुनाए ।
‘नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुँदै गर्दा गण्डकी प्रदेशको वृद्धिदर ५.५१ प्रतिशत रहेको छ,’ उनले भने ।
प्रदेश संरचना निर्माण भएपछि हालसम्म संसदबाट ७८ वटा ऐन र सरकारले २९ वटा नियमावली तयार गरेको छ । ९ सय २३ किलोमिटर सडक कालोपत्रे गरेको छ भने १ सय ९ वटा सडक पुल सम्पन्न गरेको छ । प्रदेशका सबैजसो घरधुरीमा विद्युत् पहुँच पुगेको पाण्डेको दाबी छ ।
यस्तै, हालै ९ वटा प्रदेश स्तरीय अस्पताललाई स्तरोन्नति गरिएको, मिर्गौला सम्बन्धी रोग लागेका बिरामीलाई निःशुल्क डायलिसिस सेवा विस्तार गर्दै पालो कुर्नु नपर्ने अवस्थामा पुर्याइएको उनले बताए । प्रदेशलाई पूर्ण साक्षर र सहयोगापेक्षी सडक आश्रित मानव मुक्त प्रदेश घोषणा गरिएको छ । प्रदेश सरकारले नेपालमै पहिलो पटक राइड सेयरिङलाई बैधता दिने नियमावली पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण