गड्डाचौकी – अत्तरिया खण्डको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन
बिहीबार, १५ जेठ २०८२, १६ : ४४
काठमाडौँ । सरकारले पूर्व पश्चिम राजमार्गको गड्डाचौकी– अत्तरिया खण्डको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरेको छ । २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए ।
‘गड्डाचौकी– अत्तरिया खण्डको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरेको छु,’ उनले भने ।
साथै देशभरका ४२२ किलोमिटर सडकलाई चारलेनमा विस्तार गरिने जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण