१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर छुट
काठमाडौँ । सरकारले १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन ।
उनले सूचना प्रविधिमा आधारित उद्योग र होटेल तथा रिर्सोटलाई विशेष उद्योग सरह आयकर र विद्युत महसुलमा छुट दिने व्यवस्था गरेको बताए । अर्थमन्त्री पौडेलले सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था मिलाएको बताए ।
उनले भने,‘ नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्रै आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था मिलाएको छु । १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था मिलाएको छु ।’
उनले काठ तथा काठ जन्य सामाग्रीको गुणस्तर उत्पादन तथा उपभोग बढाउन उद्योगमा आवश्यक मेसिन आयात गर्दा १ प्रतिशत मात्रै भन्सार महसुल लगाउने व्यवस्था गरी अन्य कर तथा महसुल खारेज गरेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण