लुम्बिनीमा प्रदेशस्तरीय यु–१६ क्रिकेट: लिग चरणको अन्तिम खेलमा बर्दिया विजयी
बुटवल । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा बर्दियाले बाँकेलाई ६५ रनले पराजित गर्दै विजयी भएको छ। यद्यपि दुबै टिम उपाधि दौडबाट बाहिरिएका छन्। उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच प्रतिस्पर्धा हुनेछ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आज सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको बर्दियाले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रनको बलियो योगफल तयार गर्यो। बर्दियाका आदित्य ढकालले ५७ रनको अर्धशतकीय इनिङ खेले भने नीराजन थापाले ४७, हेमन्त आचार्यले २४, केशव विष्टले २२ र उत्सव चलाउनेले १९ रनको योगदान दिए।
बलिङतर्फ बाँकेका निखिल धनकुटा र नीराजन चन्दले समान २–२ विकेट लिँदा सिनब श्रेष्ठ र मोहम्मद इब्राहिम मियाँले समान १–१ विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको बाँके २८ ओभर ३ बलमै १ सय ३९ रनमा अलआउट भयो। उसका लागि विशाल कुमार थापाले ३४, भुवन शाहीले ३२, दिव्यान्स बर्माले २९ र आषिश नाउले १६ रन बनाए पनि जितका लागि प्रयाप्त रन बनाउन सकेनन्।
बर्दियाका बलरहरूमध्ये सक्षम बुढाथोकीले ३ विकेट लिए भने आकाश थापा र संयकजंग थापाले २–२ विकेट झारे। सिर्जन भुजेल र आयन खड्काले समान १–१ विकेट लिएका थिए।
खेलमा अर्धशतकिय इनिङ खेलेका बर्दियाका आदित्य ढकाल प्लेयर अफ द म्याच घोषित भए। प्रतियोगिता लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा र रुपन्देही क्रिकेट संघको समन्वयमा आयोजना गरिएको हो। प्रतियोगिताबाट राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेश टिमको छनोट गरिने आयोजकले जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण