समग्र अर्थ प्रणालीकै पुनर्संरचना गर्ने गरी बजेट आएन : जनार्दन शर्मा
बिहीबार, १५ जेठ २०८२, १८ : ०८
काठमाडौँ । पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराको निरन्तर भएको बताएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै उनले बजेट पुरानैको निरन्तरता भएको जिकिर गरे ।
‘बजेट पुरानै कुराको निरन्तरता र परम्परागत छ । विषयहरू सबै लेखिएकै छन् । तिनै कुरा दोहोरिने, कपि पेस्ट गर्ने हो । राम्रो कुरा अहिले नारा कम रहेछन्’, संसद् परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘खेलमा विकास गर्ने त भन्नुभयो तर खेलकुद गर्नै दिनुहुन्न । समस्या यस्ता छन् । अहिले नेपालको अर्थतन्त्रको समस्या जुन छ, त्यसलाई समाधान गर्न समग्र अर्थ प्रणालीकै पुनर्संरचना गर्नुपर्छ । तर बजेट त्यसरी आएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण