समग्र अर्थ प्रणालीकै पुनर्संरचना गर्ने गरी बजेट आएन : जनार्दन शर्मा
बिहीबार, १५ जेठ २०८२, १८ : ०८

काठमाडौँ । पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराको निरन्तर भएको बताएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै उनले बजेट पुरानैको निरन्तरता भएको जिकिर गरे ।
‘बजेट पुरानै कुराको निरन्तरता र परम्परागत छ । विषयहरू सबै लेखिएकै छन् । तिनै कुरा दोहोरिने, कपि पेस्ट गर्ने हो । राम्रो कुरा अहिले नारा कम रहेछन्’, संसद् परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘खेलमा विकास गर्ने त भन्नुभयो तर खेलकुद गर्नै दिनुहुन्न । समस्या यस्ता छन् । अहिले नेपालको अर्थतन्त्रको समस्या जुन छ, त्यसलाई समाधान गर्न समग्र अर्थ प्रणालीकै पुनर्संरचना गर्नुपर्छ । तर बजेट त्यसरी आएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जात, धर्म, क्षेत्रीयता र भाषाका आधारमा मात्र गुटबन्दी भइरह्यो भने साहित्यको उन्नयन हुँदैन’
-
पार्टीहरूको पञ्चायतीकरण र नेताहरूको राजतन्त्र कायम छ : महासचिव भुसाल
-
भोलिका कथाहरू
-
बैतडीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
-
उपेन्द्र यादव मलेसिया प्रस्थान