‘क्रान्तिका औजारहरू’ भन्दै राजेन्द्र महतोद्वारा सांगठनिक संरचना निर्माण

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा नेपाल) ले राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न क्रान्तिका औजारहरू भन्दै विभिन्न सांगठनिक संरचना निर्माण गरेको छ ।
क्रान्तिका औजारहरूमा पार्टी संरचना, अग्रदस्ता, स्वराज, प्रभावी नेटवर्क, आर्थिक योजनालगायत संगठन रहेका छन् । पार्टीका अनुसार अग्रदस्तामा वाईआईएल, राष्ट्रिय मुक्ति बाहिनी, राष्ट्रिय सतर्कता दस्ता, संघर्ष समिति रहेका छन् भने स्वराजमा राष्ट्रिय परिषद्, बहुल राष्ट्रिय सभा, ग्राम सभा रहेका छन् ।
राष्ट्रिय मुक्ति क्रान्तिका निम्ति पार्टीका अन्य संरचना र क्रान्तिका औजारबिच समन्वयका लागि पार्टीले कार्यविधि पनि बनाएको छ । र क्रान्तिका औजारहरूका कार्यविधिलाई संघर्षका कार्यविधि पनि भनिएको छ ।
क्रान्तिका औजारहरू सञ्चालनका लागि एक हाइकमान्ड हुने र त्यसको नेतृत्व पार्टी अध्यक्ष गर्ने बताइएको छ । हाई कमान्डअन्तर्गत विभिन्न क्षेत्रीय कमान्डहरू रहने पार्टीले जनाएको छ ।
क्रान्तिका सबै औजार कमान्डरमार्फत नै नियन्त्रित हुने बताइएको छ । संघर्षकालमा कमान्ड सिस्टम नै प्रभाव हुने पार्टीले जनाएको छ । संघर्ष एवं विद्रोहको बखत क्रान्तिका सबै औजारबिच समन्वय क्षेत्रीय कमान्डले गर्ने जनाइएको छ । केन्द्रीय कमान्डरले कतिपय योजना एवं कार्यक्रमहरूको सीधा समन्वय गर्ने भनिएको छ ।
क्रान्तिका औजारहरू संघर्षका निम्ति तयार रहन, हरेक परिस्थितिहरूमा, मौकाहरूको प्रयोग गर्ने उद्देश्यबाट सांगठनिक रणनीति र रणकौशल विकसित गर्न आआफ्नो भूगोलमा कमान्ड ब्युरो, विशेष ब्युरो, ग्राम प्रभारले क्रान्तिका सबै औजारका प्रमुखबिच प्रत्येक २०–२० दिनमा बैठक हुने पार्टीले जनाएको छ ।
संघर्षकालमा सञ्चार र सुरक्षाका लागि कमान्डरहरूले ह्याम रेडियो वा सिग्नल कोड प्रयोग गर्ने भनिएको छ । छिटो र बदलिँदो परिस्थितिमा अनुकूलन निर्णय एवं कार्यान्वयन गर्न तथा विवाद र अन्तरविरोध कम गर्न कमान्ड संरचनाको दायित्व हुने बताइएको छ ।
कान्तिका औजारअन्तरर्गत योङ इन्डिजिनियस लिग (वाईआईएल) सञ्चालन, नियन्त्रणसम्बन्धी कार्य योजनाहरू तयार गर्न कार्यविधि बनाइने भनएिको छ । केन्द्रीय कमान्डबाट नियन्त्रण हुने गरी विभिन्न निर्धारित स्थानमा आवासीय रेजिमेन्टको रूपमा वाईआईएल रहने जनाइएको छ ।
त्यसैगरी गोप्य सूचना संकलनका लागि पार्टीले राष्ट्रिय सतर्कता दस्ता गठन गरेको छ । राष्ट्रिय मुक्ति क्रान्तिको हित एवं सुरक्षा सम्बन्धमा आवश्यक सूचना संकलन गर्ने र संकलित सूचनाहरूको अध्ययन, मूल्याङ्कन, विश्लेषण र सम्पादन गरी यो दस्ताले नेतृत्वलाई पूर्व जानकारी दिनेछ । यो दस्ता गोप्य रूपमा सञ्चालन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कोशी प्रदेशमा मनसुनको प्रभाव, अन्य प्रदेशको मौसम कस्तो रहला ?
-
बुलबुल तालमा मोटरबोट सञ्चालन भएपछि...
-
आधा विश्वले जलवायु परिवर्तनका कारण अतिरिक्त गर्मीको सामना गर्योः अध्ययन
-
सेनेटरी प्याड बनाउन छात्रालाई तालिम