मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका बेपत्ता पाँच सदस्य मृत फेला परे
सारांश
- मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका ५ सदस्यको शव फेला, टेक्सास सीमा नजिकैको रेनोसा शहरमा भेटियो।
- ग्रुपो फुगिटीभो ब्यान्डका सदस्यहरू आइतबारदेखि बेपत्ता थिए र उनीहरूलाई अपहरण गरिएको थियो।
- यस घटनामा संलग्न भएको आशंकामा ९ जना पक्राउ, उनीहरू गल्फ कार्टेलसँग सम्बन्धित हुनसक्ने अनुमान।
मेक्सिको सिटी । पछिल्लो केही दिनदेखि बेपत्ता रहेका मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका पाँच सदस्यको शव भेटिएको छ । टेक्सास सीमामा रहेको उत्तरी सहर रेनोसामा फेला उनीहरूको शव भेटिएको हो ।
यो जानकारी प्रहरी अधिकारीहरूले नै दिएका हुन् । सहरका पार्टी र नृत्यहरूमा सङ्गीत बजाउने ग्रुपो फुगिटीभो ब्यान्डका यी सदस्यहरू आइतबारदेखि बेपत्ता थिए ।
यिनीहरू बेपत्ता भएको घटनाको छानबिन भइरहेको थियो । एसयूभी चढेर पार्टीमा प्रस्तुति दिन गएको समयमा पाँचै जनाको रात लगभग १० बजे अपहरण गरिएको अधिकारीहरूले बताएका थिए ।
ब्यान्ड सदस्यहरूको शव रेनोसाको बाहिरी इलाकामा फेला परेको हो । यस घटनामा नौ जना संदिग्धहरूलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् । सन्दिग्धहरू गल्फ कार्टेलको गुटको हिस्सा भएको ठानिएको छ । यिनीहरूलाई किन मारियो भन्नेबारे थाहा हुन सकेको छैन । शव जलाएको समाचारलाई पनि प्रहरीले अस्वीकार गरेको छ ।
यो ब्यान्डले मेक्सिकोको क्षेत्रीय सङ्गीत बजाउने गर्थ्यो । केही वर्षमा ब्यान्डले अन्तर्राष्ट्रिय सङ्गीतमा नयाँ युग सुरु गरेको थियो । केही नयाँ गर्न थालेपछि ब्यान्ड चर्चामा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण