शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका बेपत्ता पाँच सदस्य मृत फेला परे

शुक्रबार, १६ जेठ २०८२, ११ : ४९
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका ५ सदस्यको शव फेला, टेक्सास सीमा नजिकैको रेनोसा शहरमा भेटियो।
  • ग्रुपो फुगिटीभो ब्यान्डका सदस्यहरू आइतबारदेखि बेपत्ता थिए र उनीहरूलाई अपहरण गरिएको थियो।
  • यस घटनामा संलग्न भएको आशंकामा ९ जना पक्राउ, उनीहरू गल्फ कार्टेलसँग सम्बन्धित हुनसक्ने अनुमान।

मेक्सिको सिटी । पछिल्लो केही दिनदेखि बेपत्ता रहेका मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका पाँच सदस्यको शव भेटिएको छ । टेक्सास सीमामा रहेको उत्तरी सहर रेनोसामा फेला उनीहरूको शव भेटिएको हो ।

यो जानकारी प्रहरी अधिकारीहरूले नै दिएका हुन् ।  सहरका पार्टी र नृत्यहरूमा सङ्गीत बजाउने ग्रुपो फुगिटीभो ब्यान्डका यी सदस्यहरू आइतबारदेखि बेपत्ता थिए । 

यिनीहरू बेपत्ता भएको घटनाको छानबिन भइरहेको थियो । एसयूभी चढेर पार्टीमा प्रस्तुति दिन गएको समयमा पाँचै जनाको रात लगभग १० बजे अपहरण गरिएको अधिकारीहरूले बताएका थिए ।

ब्यान्ड सदस्यहरूको शव रेनोसाको बाहिरी इलाकामा फेला परेको हो । यस घटनामा नौ जना संदिग्धहरूलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् । सन्दिग्धहरू गल्फ कार्टेलको गुटको हिस्सा भएको ठानिएको छ ।  यिनीहरूलाई किन मारियो भन्नेबारे थाहा हुन सकेको छैन । शव जलाएको समाचारलाई पनि प्रहरीले अस्वीकार गरेको छ ।

यो ब्यान्डले मेक्सिकोको क्षेत्रीय सङ्गीत बजाउने गर्थ्यो । केही वर्षमा ब्यान्डले अन्तर्राष्ट्रिय सङ्गीतमा नयाँ युग सुरु गरेको थियो । केही नयाँ गर्न थालेपछि ब्यान्ड चर्चामा आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप