‘ऊनको स्वीटर’ को तेस्रो सातासम्मको आम्दानी कति ?
काठमाडौँ । फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । फिल्मले तेस्रो सातासम्म राम्रो व्यवसाय गर्दै चौथो सातामा प्रवेश गरेको हो ।
आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको फिल्मले तेस्रो सातासम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसक्दा पनि फिल्मले देशभर १०० भन्दा बढी शो पाएको छ ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपाङ्गीमगर र सुनील पोखरेलको अभिनय छ ।
हालसम्म फिल्मको ओभरसिज कलेक्सन सार्वजनिक गरिएको छैन । तर विदेशमा पनि फिल्मले राम्रो प्रदर्शन गरिरहेको बताइन्छ । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले फिल्मको व्यापारको आधारमा सुपरहिटको ट्याग दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण