माओवादी पदाधिकारी बैठकमा पहिलोपल्ट सहभागी भए गंगा श्रेष्ठ
सारांश
- नेकपा माओवादी केन्द्रको सचिव गंगानाराण श्रेष्ठ पहिलो पटक पदाधिकारी बैठकमा सहभागी भए।
- २०७२ सालमा पार्टी छाडेका श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएर सचिव बने।
- बैठकमा पार्टी समायोजन, मध्यपहाडी अभियान र संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको सचिवको भूमिका पाएका गंगानाराण श्रेष्ठ पहिलो पटक पदाधिकारी बैठकमा सहभागी भएका छन् । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा श्रेष्ठ पहिलो पटक सहभागी भएका हुन् ।
२०७२ सालको संविधान जारी भएपछि माओवादीका तत्कालीन उपाध्यक्ष डा.बाबुराम भट्टराई पार्टीबाट अलग भएर नयाँ शक्ति अभियान चलाए । भट्टराई अलग भएको केही दिनपछि श्रेष्ठले पनि पार्टी परित्याग गरेर नयाँ शक्ति अभियानमा लागेका थिए ।
१० वर्षको अवधिमा नयाँ शक्ति नेपाल, सङ्घीय समाजवादी, जनता समाजवादी हुँदै नेपाल समाजवादी पार्टीका सहअध्यक्ष भएका श्रेष्ठले २०८० साल चैत ३ गते भट्टराईको साथ छोडेर माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरे ।
जेठ १२ गते पार्टी समायोजन समारोहमा श्रेष्ठलाई सविचको जिम्मेवारी दिएको महासचिव देव गुरुङले घोषणा गरेका थिए । पार्टी समायोजनमा सहभागी नेताहरूको जिम्मेवारी, मध्यपहाडी अभियान, संसद् बैठक प्रभावकारी बनाउने सन्दर्भमा निर्णय लिन अध्यक्ष प्रचण्डले आज बैठक बोलाएका थिए । बैठकमा आफ्नो अनुभूतिजन्य कुरा राख्न प्रचण्डले श्रेष्ठलाई समय दिएका थिए ।
‘माओवादी पदाधिकारी बैठकमा मेरो पहिलो उपस्थिति हो । अध्यक्षले आफ्नो अनुभूतिजन्य कुरा राख्न भन्नुभयो । मैले माओवादी पार्टी मात्र नभएर आन्दोलन भएको विचार राखेँ । जब मैले व्यवहारिक रूपमा माओवादी आन्दोलन हो, मुद्दा हो, अधिकार हो भन्ने बुझेँ त्यसपछि मैले पार्टीमा लागेको हुँ भने । यस्तै नेतृत्व भनेको प्राधिकार हो । प्राधिकार कसरी भयो भनेर मैले अनुभूतिजन्य कुरा राखेँ’, रातोपाटीसँग श्रेष्ठले भने ।
पार्टी विभाजन भएको १० वर्षपछि माओवादीमा सचिवको भूमिका पाएका श्रेष्ठ विभाजनअघि पोलिटब्युरो सदस्य थिए । आजको बैठकले नेसपाका कार्यकारिणी सदस्यलाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा जुन जुन पदमा रहेका छन्, सोही अनुसार समायोजन गर्ने निर्णय गरेको छ । जेठ १२ गते नै एकता प्रक्रियामा जोडिएका नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजुलाई स्थायी कमिटी सदस्य बनाउने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण