बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पदाधिकारी बैठक

माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी अभियान सञ्चालन गर्ने

एकता प्रक्रियामा आएकाबारे के भयो निर्णय ?
शुक्रबार, १६ जेठ २०८२, ११ : ४६
शुक्रबार, १६ जेठ २०८२

सारांश

  • माओवादी केन्द्रले जेठ २१ गतेदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान सुरु गर्ने निर्णय गरेको छ।
  • एकता प्रक्रियामा जोडिएका गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिने निर्णय गरियो, नेसपाका नेताहरूलाई माओवादीमा समायोजन गरिनेछ।
  • श्रेष्ठ नेतृत्वको नेसपा समूह र नेपाः राष्ट्रिय पार्टीसँगको एकता पछि श्रेष्ठलाई माओवादीले सचिवको जिम्मेवारी दिएको थियो।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले रातोपाटीलाई जानकारी दिए ।

यस्तै एकता प्रक्रियामा जोडिएका गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिनेबारे निर्णय भएको बताए । पौडेलका अनुसार नेसपाको कार्यकारिणी पदमा रहेकालाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा रहेको जिम्मेवारी अनुसार समायोजन गर्ने निर्णय भएको छ । 

‘मध्य पहाडी जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । एकता प्रक्रियामा जोडिएका साथीहरूलाई समायोजन गर्ने निर्णय भएको छ । साबिकका पार्टीमा जुन तहमा जिम्मेवारी दिएको त्यहिअनुसार समायोजन गर्ने निर्णय भएको छ’, उनले भने । 

अभियान लमजुङबाट सुरु भएर जेठ २५ गते सिन्धुली आएर टुंगिनेछ । यसअघि जेठ २ गतेबाट सुरु भएको अभियान पोखरामा आएर टुंगिएको थियो । यो अभियान सोलुखुम्बुमा गएर सम्पन्न हुनेछ । 

जेठ १२ गते श्रेष्ठ नेतृत्वको नेसपा समूह र नेपाः राष्ट्रिय पार्टीसँग एकता भएको थियो । नेसपाका सह–अध्यक्ष रहेका श्रेष्ठलाई माओवादीले सचिवको जिम्मेवारी दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप