शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

क्षुद्र ग्रहको ढुंगाको खोजीमा निस्कियो चीनको तियानवेन–२

शुक्रबार, १६ जेठ २०८२, १३ : २२
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • चीनले तियानवेन-२ नामक रोबोटिक अन्तरिक्षयान प्रक्षेपण गर्‍यो, जसले क्षुद्रग्रहबाट चट्टानको नमूना ल्याउनेछ।
  • यो मिसन चीनको अन्तरिक्ष क्षमता प्रदर्शन गर्ने उद्देश्यले प्रक्षेपण गरिएको हो, र यसलाई ठूलो सफलताको रूपमा हेरिएको छ।
  • तियानवेन-२ २०२६ मा कामो ओलेवा नामक क्षुद्रग्रहमा पुग्नेछ र २०२७ मा चट्टानको नमूना पृथ्वीमा ल्याउनेछ।

बेइजिङ । चीनले बुधबार तियानवेन–२ नामक रोबोटिक अन्तरिक्षयान प्रक्षेपण गरेको छ । यो यान पृथ्वीबाट लगभग १ करोड ६० लाख किलोमिटर टाढा रहेको सानो क्षुद्र ग्रहमा जानेछ । उक्त क्षुद्र ग्रहबाट चट्टानहरूको नमुना ल्याउन चीनले तियानवेन–२ लन्च गरेको हो । यो केवल प्राविधिक मिसन मात्र होइन । यसमार्फत चीनले आफ्नो अन्तरिक्ष शक्ति पनि देखाउन खोजेको छ । यसलाई अन्तरिक्षको क्षेत्रमा चीनको ठुलो छलाङ मानिएको छ । 

सबै कुरा योजनाअनुसार भयो भने चीन क्षुद्र ग्रहबाट पृथ्वीमा शुद्ध चट्टानहरू ल्याउन सफल हुने विश्वको तेस्रो देश बन्नेछ ।  स्थानीय समयअनुसार दिउँसो १ः ३१ बजे, लङ मार्च ३ बी रकेटले सिचाङ प्रक्षेपण केन्द्रबाट उडान भरेको थियो । यसले साथमा तियानवेन–२ बोकेको थियो । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले यो प्रक्षेपणलाई पूर्ण सफल भनेको छ । 

तियानवेन–२ २०२६ मा कामो ओलेवा नाम गरेको क्षुद्र ग्रहमा पुग्नेछ । नासाका अनुसार यो पृथ्वी नजिक रहेको क्षुद्र ग्रह हो । विगत १०० वर्षदेखि यसले पृथ्वी सँगसँगै सूर्यको परिक्रमा गरिरहेको छ । तियानवेन–२ पाँच तल्ले भवनको आकारको छ । यसको व्यास लगभग ४० देखि १०० मिटर छ । २०२७ मा यसले नमुना क्याप्सुल मार्फत कामो’ओलेवाका चट्टानहरू पृथ्वीमा ल्याउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप