न्युजिल्यान्डलाई आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि चुमाउने प्रशिक्षकको निधन
काठमाडौँ । न्युजिल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक डेभिड ट्रिस्टको ७७ वर्षको उमेरमा निधन भएको छ ।
उनी सन् १९९९ मा न्युजिल्यान्डको प्रमुख प्रशिक्षक बनेका थिए । उनले प्रशिक्षकको भूमिकामा किविज टोलीलाई विभिन्न महत्वपूर्ण उपाधि पनि चुमाएका थिए ।
न्युजिल्यान्डले डेभिडकै प्रशिक्षकत्वमा सन् २००० मा आईसीसी नकआउट ट्रफीको उपाधि जितेको थियो ।
आईसीसी नकआउट ट्रफीलाई नै हाल आईसीसी च्याम्पियन्स ट्रफी भनिन्छ । प्रशिक्षकको भूमिकामा सक्रिय हुनुअघि उनी खेलाडी थिए ।
उनले केन्टबरीका लागि १४ वर्ष क्रिकेट खेलेका थिए । पछि उनले केन्टबरीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
यसका अतिरिक्त उनले दक्षिण अफ्रिका, हङ्कङ र नेदरल्यान्डको टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
न्युजिल्यान्डको प्रशिक्षकको भूमिकामा उनले दुई वर्षमात्र काम गरे । यही अवधिमा उनले किविज टोलीलाई आईसीसी प्रतियोगितामा इतिहासकै सबैभन्दा ठूलो सफलता दिलाएका थिए ।
आईसीसी नकआउट ट्रफीको फाइनलमा न्युजिल्यान्डले भारतलाई चार विकेटले हराएको थियो ।
‘न्युजिल्यान्डका पूर्वप्रशिक्षक डेभिड ट्रिस्टको निधनबाट हामी स्तब्धः भएका छौँ । उनले न्युजिल्यान्डको क्रिकेटलाई लगाएको गुन सधैं स्मरणीय रहनेछ । हामी उनको आत्मका चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ,’ न्युजिल्यान्ड क्रिकेटद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण