शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

न्युजिल्यान्डलाई आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि चुमाउने प्रशिक्षकको निधन

शुक्रबार, १६ जेठ २०८२, १४ : ४८
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । न्युजिल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक डेभिड ट्रिस्टको ७७ वर्षको उमेरमा निधन भएको छ ।

उनी सन् १९९९ मा न्युजिल्यान्डको प्रमुख प्रशिक्षक बनेका थिए । उनले प्रशिक्षकको भूमिकामा किविज टोलीलाई विभिन्न महत्वपूर्ण उपाधि पनि चुमाएका थिए ।

न्युजिल्यान्डले डेभिडकै प्रशिक्षकत्वमा सन् २००० मा आईसीसी नकआउट ट्रफीको उपाधि जितेको थियो । 

आईसीसी नकआउट ट्रफीलाई नै हाल आईसीसी च्याम्पियन्स ट्रफी भनिन्छ । प्रशिक्षकको भूमिकामा सक्रिय हुनुअघि उनी खेलाडी थिए । 

उनले केन्टबरीका लागि १४ वर्ष क्रिकेट खेलेका थिए । पछि उनले केन्टबरीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । 

यसका अतिरिक्त उनले दक्षिण अफ्रिका, हङ्कङ र नेदरल्यान्डको टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

न्युजिल्यान्डको प्रशिक्षकको भूमिकामा उनले दुई वर्षमात्र काम गरे । यही अवधिमा उनले किविज टोलीलाई आईसीसी प्रतियोगितामा इतिहासकै सबैभन्दा ठूलो सफलता दिलाएका थिए । 

आईसीसी नकआउट ट्रफीको फाइनलमा न्युजिल्यान्डले भारतलाई चार विकेटले हराएको थियो । 

‘न्युजिल्यान्डका पूर्वप्रशिक्षक डेभिड ट्रिस्टको निधनबाट हामी स्तब्धः भएका छौँ । उनले न्युजिल्यान्डको क्रिकेटलाई लगाएको गुन सधैं स्मरणीय रहनेछ । हामी उनको आत्मका चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ,’ न्युजिल्यान्ड क्रिकेटद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप