नक्कली लाइसेन्स जारी गर्ने कम्प्युटर अपरेटरसहित चार जना विरुद्ध मुद्दा दर्ता
सारांश
- अख्तियारले नक्कली लाइसेन्स जारी गरेको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको छ।
- रुपन्देही र दाङका यातायात कार्यालयका कम्प्युटर अपरेटरहरू संलग्न रहेको पाइएको छ।
- सभ्यता के.सी.को नाममा नक्कली लाइसेन्स बनाइएको र परीक्षामा सहभागी नभएको पुष्टि भएको छ।
काठमाडौं। नक्कली लाइसेन्स जारी गर्ने कम्प्युटर अपरेटर सहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।
यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर र सेवाग्राही सभ्यता केसी विरुद्ध आयोगले शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
फरक व्यक्तिको विवरण राखि नक्कली लाइसेन्स जारी गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरि पाँच जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको अख्तियारले जनाएको छ ।
लिखित र ट्रायल परीक्षामा सामेल नै नभएकी सभ्यता के.सी.को नामको विवरणहरु प्रणालीमा परिवर्तन गरी अर्कै व्यक्तिको नामको सक्कल सवारी चालक अनुमतिपत्रका विवरणहरु के.सी.को सवारी चालक अनुमतिपत्रमा विवरण उल्लेख गरी सावरी चालक अनुमतिपत्र जारी गरिएको थियो।
चारै जना विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ सोही ऐनको दफा २२ सजाय हुन मागदाबी सहित आज मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण