मिर्गौला प्रत्यारोपणपश्चात् सगरमाथाको सफल आरोहण गर्ने शेर्पा सम्मानित
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पेम्बा शेर्पालाई सम्मान गरे।
- मन्त्री पौडेलले अंगदानबारे सचेतना फैलाउन र भरियाको स्वास्थ्य बीमा गर्न पहल गर्ने बताए।
- पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका हुन्।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपणपश्चात् सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही सोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा शेर्पालाई बधाई समेत दिए ।
मन्त्री पौडेलले अझै पनि मस्तिष्क मृत्यु पश्चात् दान गरेर मानिसको ज्यान बचाउन सकिने भए पनि दाता पर्याप्त पाउन नसकिएको उदाहरण प्रस्तुत गर्दै शेर्पाको आरोहणमार्फत सचेतना फैलाउन सकिने धारणा राखे । मस्तिष्क मृत्युपछि अंगदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका उनले बताए । त्यस्तै मन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरूको स्वास्थ्य बीमा नभएको भन्दै उनीहरूको बिमाका लागि पहल गर्ने घोषणा समेत गरे ।
सो क्रममा सगरमाथा आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको बताए । वैदेशिक रोजगारीका क्रममा किड्नी फेल भएको पत्ता लागे पछि स्वदेश फर्किएका शेर्पाले तीन वर्ष अघि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरेका थिए । सन् २०२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका शेर्पाले गत मे १४ मा सगरमाथा आरोहण गर्दै कीर्तिमान कायम गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण