नेपाल चिकित्सक सङ्घद्वारा स्वास्थ्यमन्त्रीको अभिव्यक्तिको विरोध
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ’डाक्टर लिने देशसँग रोयल्टी लिने’ भन्ने अभिव्यक्तिप्रति नेपाल चिकित्सक सङ्घले गम्भीर आपत्ति जनाएको छ। सङ्घले यो अभिव्यक्तिलाई विदेशमा पलायन भइरहेका दक्ष चिकित्सकहरूको संवेदनशील विषयलाई कमजोर ढङ्गले प्रस्तुत गरिएको बताउँदै खेद व्यक्त गरेको छ।
सङ्घका महासचिव डा. सञ्जीव तिवारीद्वारा शुक्र जारी विज्ञप्तिमा भनिएको छ, ’योग्य चिकित्सकहरूलाई स्वदेशमै रही सेवा दिन प्रोत्साहन गर्नु र रोजगारी सिर्जना गर्नुको सट्टा तिनलाई निर्यात वस्तुका रूपमा परिभाषित गर्नु अत्यन्त खेदजनक छ।’
नेपालका दुर्गम क्षेत्रमा आज पनि आधारभूत स्वास्थ्य सेवाबाट नागरिकहरू वञ्चित भइरहेका सन्दर्भमा, सङ्घले सरकारलाई नयाँ दरबन्दी सिर्जना गरी चिकित्सकहरूलाई स्वदेशमै सेवा दिन प्रेरित गर्ने दीर्घकालीन नीति बनाउन आग्रह गरेको छ।
सङ्घले दक्ष चिकित्सकहरूलाई देशभित्रै सेवा प्रवाहमा संलग्न गराउन, सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र चिकित्सा क्षेत्रमा दीर्घकालीन सुधार ल्याउन नेपाल सरकारसँग तत्काल ठोस नीति निर्माणको माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण