स्टिल र आल्मुनियम आयातमा कर दोब्बर गर्ने ट्रम्पको घोषणा

पेन्सिलभेनिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ तारिख बुधबारदेखि स्टिल र आल्मुनियम आयातमा हालको करको दर २५% बाट बढाएर ५०% पुर्याउने घोषणा गरेका छन्।
पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित एक र्यालीमा ट्रम्पले यो कदमले स्थानीय स्टिल उद्योग र राष्ट्रिय उत्पादनलाई बढवा दिने र चीनमाथिको निर्भरता कम गर्ने बताएका हुन्।
ट्रम्पले अमेरिकी स्टिल र जापानको निप्पोन स्टिल बिचको साझेदारीले यस क्षेत्रको स्टिल उत्पादनमा १४ अर्ब डलर लगानी गर्ने पनि बताए। यो साझेदारीको विवरण अझै स्पष्ट छैन र दुवै कम्पनीहरूले अहिलेसम्म कुनै सम्झौताको पुष्टि गरेका छैनन्।
र्यालीमा स्टिल कामदारहरूको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘कुनै पनि कामबाट कटौती हुनेछैन र आउटसोर्सिङ हुनेछैन, र प्रत्येक अमेरिकी स्टिल कामदारले चाँडै नै ५ हजार डलर बोनस पाउनेछन् जुन उनीहरूले पाउनु पर्ने हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासनको एक्सन, तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक
-
‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी
-
सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ गएकाे प्रमाणित भयाे : नवराज सुवेदी