स्टिल र आल्मुनियम आयातमा कर दोब्बर गर्ने ट्रम्पको घोषणा
पेन्सिलभेनिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ तारिख बुधबारदेखि स्टिल र आल्मुनियम आयातमा हालको करको दर २५% बाट बढाएर ५०% पुर्याउने घोषणा गरेका छन्।
पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित एक र्यालीमा ट्रम्पले यो कदमले स्थानीय स्टिल उद्योग र राष्ट्रिय उत्पादनलाई बढवा दिने र चीनमाथिको निर्भरता कम गर्ने बताएका हुन्।
ट्रम्पले अमेरिकी स्टिल र जापानको निप्पोन स्टिल बिचको साझेदारीले यस क्षेत्रको स्टिल उत्पादनमा १४ अर्ब डलर लगानी गर्ने पनि बताए। यो साझेदारीको विवरण अझै स्पष्ट छैन र दुवै कम्पनीहरूले अहिलेसम्म कुनै सम्झौताको पुष्टि गरेका छैनन्।
र्यालीमा स्टिल कामदारहरूको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘कुनै पनि कामबाट कटौती हुनेछैन र आउटसोर्सिङ हुनेछैन, र प्रत्येक अमेरिकी स्टिल कामदारले चाँडै नै ५ हजार डलर बोनस पाउनेछन् जुन उनीहरूले पाउनु पर्ने हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण