आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय
फोटो फिचर

गुँड बनाउन व्यस्त छन् 'इन्जिनियर चरा' (तस्बिरहरू)

शनिबार, १७ जेठ २०८२, ११ : ५९
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • इन्जिनियर चराको उपमा पाएका तोप चराहरू गुँड बनाउन व्यस्त छन्, जसले काठमाडौं उपत्यका वरपर बासस्थान बनाउँछन्।
  • भालेले पोथीलाई आकर्षित गर्न कलात्मक गुँड बनाउँछन्, जुन नभएमा पोथीले स्वीकार गर्दैनन्।
  • अति सङ्कटापन्न सूचीमा रहेको सुनौलो तोप चरा नेपाल र भारतमा दुर्लभ छन्, नेपालमा २०० को हाराहारीमा संख्या रहेको अनुमान छ।

काठमाडौँ ।  इन्जिनियर चराको उपमा पाएका तोप चरा अहिले आफ्नो गुँड बनाउन  व्यस्त छन् । ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिनिने यो चरा बसाइसराइ गर्दा उपयुक्त ठाउँमा गुँड बनाउन अडिने गर्छ ।

मुख्यतः तराईलाई आफ्नो वासस्थान बनाएका यी चराहरू जेठ लागेपछि उकालो लाग्छन् । यही समयमा काठमाडौँ उपत्यका वरपर यो चरा देखिने गर्छ । 

तोप चराको मुख्य आहार धान र गेडागुडी हो । त्यही भएर बालीनाली र पानी भएका पोखरीको छेउछाउमा यो चरा बस्न रुचाउँछ । यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेँलो हुन्छ । पोथी फुस्रा हुन्छन् ।

काठमाडौँ उपत्यका आएपछि यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो । हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन् । 

झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ । भालेले गुँड बनाएर नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दिन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन् ।

top chara (2)

खराब मौसम र शत्रुबाट गुँडलाई बचाउन हावामा तुर्लुङ्ग तुर्लुङ्ग हल्लिने बनाउँछन् । हाँगामा तुर्लुङ्ग झुन्डिने र हल्लिरहने हुनाले सर्प पनि हत्तपत्त गुणभित्र पस्न सक्दैन । जुन भालेका गुँड सुन्दर छन्, पोथीले तिनै भाले रोज्ने गर्छन् । सुन्दर गुँड बनाउन नसक्ने कतिपय भाले त पोथी पनि पाउँदैनन् ।

top chara (3)

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन)ले रातो सूचीमा राखेको सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ । नेपाल र भारतमा मात्रै पाइने यो चरा नेपालका लागि भने अति सङ्कटापन्न सूचीमा रहेको छ ।

top chara (4)

सुनौलो तोप चराको सङ्ख्या नेपाल, भारत दुवै देशमा निकै कम रहेको पक्षी संरक्षण सङ्घ नेपाल (बीसीएन) ले जनाएको छ । नेपालमा करिब २०० को हाराहारीमा सुनौलो तोप चरा रहेको अनुमान छ ।

top chara (5)

नेपालमा छातीकाले, धर्के, बया र सुनौलो गरी चार प्रजातिका तोप चरा पाइने गरेको छ । जसमध्ये सुनौलो तोप चरा तराई क्षेत्रमा मात्रै पाइन्छ ।

top chara (6)top chara (7)top chara (8)top chara (9)top chara (10)top chara (11)top chara (12)top chara (13)top chara (14)top chara (15)top chara (16)top chara (17)top chara (18)top chara (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप