गुँड बनाउन व्यस्त छन् 'इन्जिनियर चरा' (तस्बिरहरू)
सारांश
- इन्जिनियर चराको उपमा पाएका तोप चराहरू गुँड बनाउन व्यस्त छन्, जसले काठमाडौं उपत्यका वरपर बासस्थान बनाउँछन्।
- भालेले पोथीलाई आकर्षित गर्न कलात्मक गुँड बनाउँछन्, जुन नभएमा पोथीले स्वीकार गर्दैनन्।
- अति सङ्कटापन्न सूचीमा रहेको सुनौलो तोप चरा नेपाल र भारतमा दुर्लभ छन्, नेपालमा २०० को हाराहारीमा संख्या रहेको अनुमान छ।
काठमाडौँ । इन्जिनियर चराको उपमा पाएका तोप चरा अहिले आफ्नो गुँड बनाउन व्यस्त छन् । ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिनिने यो चरा बसाइसराइ गर्दा उपयुक्त ठाउँमा गुँड बनाउन अडिने गर्छ ।
मुख्यतः तराईलाई आफ्नो वासस्थान बनाएका यी चराहरू जेठ लागेपछि उकालो लाग्छन् । यही समयमा काठमाडौँ उपत्यका वरपर यो चरा देखिने गर्छ ।
तोप चराको मुख्य आहार धान र गेडागुडी हो । त्यही भएर बालीनाली र पानी भएका पोखरीको छेउछाउमा यो चरा बस्न रुचाउँछ । यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेँलो हुन्छ । पोथी फुस्रा हुन्छन् ।
काठमाडौँ उपत्यका आएपछि यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो । हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन् ।
झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ । भालेले गुँड बनाएर नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दिन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन् ।
_dXycS4Ay2X.jpg)
खराब मौसम र शत्रुबाट गुँडलाई बचाउन हावामा तुर्लुङ्ग तुर्लुङ्ग हल्लिने बनाउँछन् । हाँगामा तुर्लुङ्ग झुन्डिने र हल्लिरहने हुनाले सर्प पनि हत्तपत्त गुणभित्र पस्न सक्दैन । जुन भालेका गुँड सुन्दर छन्, पोथीले तिनै भाले रोज्ने गर्छन् । सुन्दर गुँड बनाउन नसक्ने कतिपय भाले त पोथी पनि पाउँदैनन् ।
_sDzUMnwlt6.jpg)
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन)ले रातो सूचीमा राखेको सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ । नेपाल र भारतमा मात्रै पाइने यो चरा नेपालका लागि भने अति सङ्कटापन्न सूचीमा रहेको छ ।
_VEMCBkaHiJ.jpg)
सुनौलो तोप चराको सङ्ख्या नेपाल, भारत दुवै देशमा निकै कम रहेको पक्षी संरक्षण सङ्घ नेपाल (बीसीएन) ले जनाएको छ । नेपालमा करिब २०० को हाराहारीमा सुनौलो तोप चरा रहेको अनुमान छ ।
_onO9Thuc8S.jpg)
नेपालमा छातीकाले, धर्के, बया र सुनौलो गरी चार प्रजातिका तोप चरा पाइने गरेको छ । जसमध्ये सुनौलो तोप चरा तराई क्षेत्रमा मात्रै पाइन्छ ।
_pkv7eWq7wo.jpg)
_0IrHWvLWeS.jpg)
_XkZLgjzsw0.jpg)
_4jmy5PlAMs.jpg)
_gMehQaG8C1.jpg)
_ViF0dk5vOu.jpg)
_w4MCuxo4wb.jpg)
_9vcHP2yf3Z.jpg)
_pMyfRcQDau.jpg)
_T60Kj0qMgp.jpg)
_kKkRq7726g.jpg)
_ZB4KTUlxGp.jpg)
_LbyX3DkkLC.jpg)
_cHi4GNEo0z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण