लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्तसञ्चार केन्द्र उद्घाटन
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्तसञ्चार केन्द्रको उद्घाटन गरे।
- मुख्यमन्त्री आचार्यले रक्तदानको महत्वबारे प्रकाश पार्दै सबैलाई रक्तदान गर्न आह्वान गरे र प्रदेश सरकारले निःशुल्क रगत उपलब्ध गराउने प्रतिबद्धता जनाए।
- रुपन्देही व्यापार संघले सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड ७० लाख रुपैयाँको उपकरण सहयोग गरेको जानकारी दिइयो।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्तसञ्चार केन्द्रको उद्घाटन गरेका छन् । शनिबार आचार्यले रुपन्देही व्यापार सङ्घको उपकरण सहयोगमा निर्मित रक्तसञ्चार केन्द्रको उद्घाटन गरेका हुन् ।
उनले बिरामीलाई नयाँ जीवन प्रदान गर्न ‘रक्तदान महादान’ भएकाले यस प्रकारको दानमा जोडिन सबैलाई आह्वान समेत गरेका छन् । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पार्दै निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेकोले त्यसलाई फुकाउने गरी काम भइरहेको बताए ।
उनले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेको समेत बताए । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला पक्ष, स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो ।
रुपन्देही व्यापार सङ्घका अध्यक्ष दीपक अधिकारीले १ करोड ७० लाख रुपैयाँ सङ्घको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त उपकरण खरिद गरेर अस्पताललाई प्रदान गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण