राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने
सारांश
- प्रज्ञा स्मृति प्रतिष्ठानले जेठ २४ गते भृकुटीमण्डपमा राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ।
- प्रतियोगितामा पुरुषतर्फ विभिन्न तौल समूह र महिलातर्फ खुला प्रतिस्पर्धा हुनेछ, जसमा एक सय खेलाडी सहभागी हुनेछन्।
- महिला विजेतालाई नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिनेछ भने पुरुषतर्फ पनि विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ।
काठमाडौँ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २४ गते ‘प्रज्ञा स्मृति प्रथम महिला तथा पुरूष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता’ हुने भएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा हुने सो प्रतियोगितामा पुरुषतर्फ पाँच वटा वजन समूहबिच र महिलातर्फ खुला प्रतिस्पर्धा हुने प्रतिष्ठानका निर्देशक गङ्गा दाहालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
पुरूषतर्फ ६०, ६५, ७०, ७५ तथा ७५ केजी तौलभन्दा माथिका समूहबिच प्रतिस्पर्धा हुनेछ । यसवर्ष प्रतिष्ठानले पहिलो संस्करणमा शारीरिक सुगठन खेलमा आबद्ध खेलाडी सबैलाई समेट्ने गरी राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता गरेको हो ।
प्रतिष्ठानले विभिन्न समयमा भरतपुरमा तेश्रो संस्करणसम्मको साइकलिङ प्रतियोगिता सम्पन्न गरिसकेको छ । प्रतियोगितामा सबै जिल्ला, प्रदेश तथा विभिन्न क्लबका महिला पुरूष गरी एक सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । पुरूषतर्फ प्रत्येक तौल समूहमा पहिलो, दोस्रो, तेस्रो, चौथो तथा पाँचौं स्थानसम्मका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फको खुल्ला तौल समूहमा प्रथम हुने खेलाडीलाई नगद रू एक लाख तथा पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीलाई क्रमशः नगद रु ५० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।
एक दिवसीय प्रतियोगितामा फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक पुरूष वजन समूह प्रथम द्वितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीले क्रमशः रु ५० हजार, रु ४० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण